वडा अध्यक्ष द्धारा क्लब लाई खेलकुद सामग्री हस्तान्तरण


कञ्चनपुर,

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा न.१ कार्यालय द्धारा सहयोग गरिएको खेलकुद सामग्री वडा का अध्यक्ष द्धारा अल स्टार युवा क्लब लाई सामग्री हस्तान्तरण गरेको छ।

जिल्लामा कञ्चनपुर जिल्ला क्रीकेट संघको आयोजनामा फागुन महिना देखि महेन्द्रनगरको कबड हलमा पालिका स्तरीय क्रीकेट प्रतियोगिताका लागि बेलडाँडी गाउँपालिकाको टिम छनोटका लागि माघ २१ गते देखि वडा न.१ स्थित रहेको अलस्टार युवा क्लबले वडा स्तरीय छनोट प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष चेत बहादुर शाहले बताएका छन् ।
खेलकुद बिकासका लागि निरन्तर अग्रसर रहि आएको हुुुँदा यश वडामा रहेका युुवा लाई खेलकुद क्षेेेत्रमा उत्प्ररेरित गराउनका लागि वडा कार्यालयलेे सहयोग गरेेेेको आवश्यक क्रीकेट पोशाक संगै खेलकुद सामग्री क्लबका अध्यक्ष शाह लाई एक कार्यक्रमका साथ हस्तान्तरण गरिएको हो।

खेलाडी र खेलकुद क्षेत्रका लागि निरन्तर वडा कार्यालयको तर्फबाट केही कुराको कमि नहुन्दिने र खेलाडीले अनुशासन पुर्व खेलमा लगाब भए वडा कार्यालयको तर्फबाट सधै सहयोग रहि रहने बेलडाँडि गाउँपालिका वडा न.१ का वडा अध्यक्ष एवं गाउँपालिका प्रवक्ता अमर बहादुर खत्री बताएका छन् ।

खेलकुद क्षेत्रमा बेलडाँडी गाउँपालिकाले सधै सात सहयोग रहदै आएको र यसरी वडा न.१ कार्यालयका अध्यक्ष लगायत सम्पुर्ण सहयोगीहरु लाई क्लबको तर्फबाट क्लबका अध्यक्ष चेत बहादुर शाहले हार्दिक धन्यवाद समेत दिनु भएको छ।

जिल्लाको दक्षिणी क्षेत्र खेलकुद क्षेत्रका लागि उर्वरा भुमि भएकाले वडा न. १ कार्यालयले गरेको सहयोग  जस्तै सम्पुर्ण वडामा खेलाडीहरुको लागि वडा कार्यालयले  आवश्यक सामग्री दिई खेलाडी लाई उत्साही अहम् र खेलकुुद  विकासमा सकारात्मक भुमिका  खेल्दिन समेत आग्रह गर्नु भएको छ।


ताजा समाचार

spot_img