प्रचण्ड नेपालका कार्यकर्ताद्वारा बन्दको पुर्व सन्ध्यामा महेन्द्रनगरमा राँके जुलुस सहित बिरोध प्रर्दशन


कञ्चनपुर

नेकपा प्रचण्ड, नेपाल पक्षले बिहीबार संसद विघटन र सम्वैधानिक निकायमा असम्वैधानिक रुपमा नियुक्ती भन्दै त्यस बिरुद्धमा देशव्यापी आमहडतालको घोषणा गरेको छ । आम हड्तालको पुर्व सन्ध्यामा प्रचण्ड नेपालका कार्यकर्ताहरुले कञ्चनपुरको महेन्द्रनगरमा समेत राँके जुलुस सहित संसद विघटन र सम्वैधानिक नियुक्तीको बिरोध गरेको छ । नेकपा निकट अनेरास्ववियू कञ्चनपुरका युवा नेता कैलाशचन्द्र गिरीले केन्दीय कार्यक्रम अनुरुप महेन्द्रनगरका मुख्य चोकहरुमा मसाल बालेर गैर सम्वैधानिक कदमको बिरोध गरिएको बताए ।

उनले राष्ट्रपति कार्यालयबाट संविधानका धारा नै उल्लेख नगरि गरिएको सम्वैधानिक नियुक्ती स्वत गैर सम्वैधानिक भएको टिप्पणी गर्दै जनताको अभिमत कुल्चिनेहरुले गैर सम्वैधानिक काम गर्नुु स्वभाविक भएको बताउँदै बिरोध गरिएको बताए । मसाल प्रर्दशनमा नेकपा युवा संगठन केन्दीय सदस्य रामन्द्रं रेग्मी सहितका युवा विद्यार्थी नेताहरुले संसद विघटनका साथै सम्वैधानिक निकायमा गरिएका नियुक्ती खारेजीको माग अघि सारेका थिए । प्रचण्ड नेपाल समुहले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताईरहेका छन ।


ताजा समाचार

spot_img