कञ्चनपुर
सुदूरपश्चिम प्रदेश सरकारले प्रहरी ऐन निर्माण गर्न लागेको छ । प्रहरीको शान्ति सुरक्षाका लागि सरकारले प्रदेश प्रहरी ऐन निर्माण गर्न लागेको हो । प्रदेश प्रहरी सम्बन्धी ऐनको मस्यौदा बारे सरोकारवालासग सुझाव संकलन गरिरहेको छ ।
प्रदेश सरकारका महान्यायाधिकवक्ता कुलानन्द उपाध्यायले दुई देशसंग जोडिएको सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षा एव अमन चयनका लागि प्रदेश सरकारले प्रहरी ऐनबारे तयार पारेको मस्यौदामाथि छलफल भईरहेको बताए ।‘अहिले हामी प्रदेश प्रहरी ऐनको मस्यौदा लिएर सरोकारवालासंग छलफल एव सुझाव संकलनमा छौँ, ‘उनले भने, ‘सबै सुझाव संकलन गरेर एकिकृत रुप मनाएर ऐन पारित गछौँ ।’ शान्ति सुरक्षाको विषय नागरिकको आधारभूत आवश्यकता भएको भन्दै उनले ढिलो गरि राम्रो कानुन निर्माण गर्ने योजना रहेको बताए । बुधबार कञ्चनपुरमा सरोकारवालासंग सुुझाव संकलन गरिएको छ ।

सुझाव संकलनका क्रममा स्थानीयले संघीयताको अनुभूति हुने गरि प्रहरीको सेवामा जोडदिएका छन । कञ्चनपुरका नागरिक अभियन्ता युवा राजुराम सार्की(भूल)ले प्रहरीलाई राजनीतिक हस्तक्षेपबाट टाढा राख्नुपर्ने र साच्चिकै प्रदेशकै प्रहरी बनाउनुपर्नेमा जोड दिदै प्रहरी कर्मचारीको सेवा सुविधामा जोडदिए ।नागरिक समाजका अगुवा प्रभुनिधी पन्तले प्रहरीलाई विषयविज्ञका रुपमा कार्यरत बनाउनुर्नेमा सुझाव दिए । बेदकोट नगरपालिका ५का वडाध्यक्ष गणेश विक(कुसल)ले प्रदेश प्रहरीलाई सक्षम, सबल र नागरिकमैत्री बनाउनुपर्ने सुझाव दिए । कानुन सुधार तथा सुझाव संकलन समितिका तर्फबाट पुर्व प्रहरी अधिकारी बम बहादुर भण्डारी, महेश विक्रम शाह, सुरेन्द्र शाह, शोभाकर बुढाथोकीले मस्यौदा प्रस्तुत गर्दै प्रहरीको तालिमदेखि समयावधि घटाउनुपर्ने, सेवा सुविधामा जोडदिएका छन ।







