कञ्चनपुर
कञ्चनपुर र कैलालीमा बसोबास गर्दै अएका रानाथारु समुदायले सुचीकृत दिवस मनाएका छन । मंगलबार नेपाल रानाथारु समाजले कञ्चनपुरको कृष्णपुरमा प्रथम राना थारु सुचिकृत दिवस मनाएको हो । गतवर्ष माघ २० गतेका दिन सरकारले कैलाली कञ्चनपुरमा बसोबास गर्दै अएका रानाथारू समुदायलाई छुट्टै आदिवासी जनजातिमा सुचीकृत गरेको थियो । त्यही अवसर पारेर कञ्चनपुर कैलालीमा सुचीकृत दिवस मनाईएको हो । कार्यक्रम सोही कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका विघठित प्रतिनिधि सभा सदस्य नारदमुनी रानाले लामो संघर्ष र बलिदानबाट रानाथारू समुदाय आदिवासी जनजातिका रूपमा अलग्गै सूचीकृत भएको बताउनु भयो ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य श्यामलाल रानाले रानाथारू समुदायको एकमतका कारण सूचीकृत भएकोले निरन्तर एकताबद्ध भएमा मात्रै अधिकार स्थापित गर्न सकिने बताए । कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालले रानाथारू सहितका अन्य समुदायको कला, संस्कृति र पहिचान संरक्षणका लागि बहुसांस्कृतिक संग्राहलय निर्माण गरिरहेको बताउनुभयो । उहाँले रानाथारू समुदायको स्थानीय पाठ्यक्रम र व्याकरण लगायतका विषयमा समेत नगरपालिका केन्द्रित रहेको उल्लेख गर्नुभयो । त्यस्तै, कृष्णपुर नगरपालिकाका नगर उपप्रमुख रमिता राना बडायकले राना समुदयको शिक्षामा जोड दिईन ।

नेपाल आदिवासी जनजाति महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव राजकुमार रानाले राना समुदायका लागि ऐतिहाँसिक दिन भएको बताए । रानाले संस्थागत विकासमा जेड दिए । कार्यक्रमको अध्यक्षता समेत ग्रहण गरेका नेपाल रानाथारू समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले रानाथारू समुदायको सूचीकृत संगै रानाथारू भाषा सूचीकृत, व्याकरण तथा शब्दको निमार्ण एवं मुख्य पर्वहरूमा सार्वजनिक विदा लगायतका उपलब्धीमूलक कार्य भएको उल्लेख गर्नुभयो । रानाथारू समुदायलाई आदिवासी जनजातिका रूपमा सूचीकृत गर्ने वर्तमान सरकार र सहयोगी सम्पूर्ण निकाय प्रति आभार व्यक्त गर्दै विभिन्न क्षेत्रमा रानाथारूका लागि आरक्षण कोटा र विभिन्न आन्दोलनमा ज्यान गुमाएका रानाथारू समुदायका व्यक्तिहरूलाई सहिद घोषणा लगायतमा माग अघि सारेको उहाँले बताउनु भयो । कार्यक्रममा रानाथारु समुदायको लोक संस्कृति झल्किने नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा कैलाली कञ्चनपुरका विभिन्न राना थारुहरुको सहभागिता रहेको थियो ।







