जमुना आधारभुत बिद्यालय दोधारा चाँदनीको अध्यक्षमा राधा सुनार


दोधारा 

जमुना आधारभुत बिद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा राधा सुनार चयन भएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ जामुनाघारी स्थित रहेको जमुना आधारभुत बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पदमा राधा सुनार चयन भएको बिद्यालय प्रशासनले जनाएको छ् ।

जमुना आधारभुत बिद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा राधा सुनारलाई अभिभावकहरुले चयन गरेपछि जमुना आधारभुत बिद्यालय ब्यवस्थापन समितिले पुर्णता पाएको हो । यस्तै सदस्य पदमा भगवान सिह भण्डारी, मदन सिह भण्डारी, नन्दा सुनार, मना पुन मगर, मनोनीत सदस्यमा कुण्डल सिह साउद र पबित्रा सुनार र शिक्षक प्रतिनिधीमा पुष्कर राज ओझा चयन भएको जमुना आधारभुत बिद्यालयका प्रधानध्यापक नैन सिह भण्डारीले जानकारी दिएका छन् ।

दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्र संग रहेको बिद्यालय जमुना आधारभुत बिद्यालयको ईतिहासमा पहिलो महिला बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष रहेका बताईएको छ् । राधा सुनारले आफ्नो कार्यकालमा बिद्यालयको उज्वल भविष्यको बारेमा आफु लागी पर्ने बताएका छन् ।


ताजा समाचार

spot_img