दोधारा चाँदनीबाट प्रहरीद्धारा अबैध कुखुरा बरामद


दोधारा

दोधारा चाँदनीको नेपाल–भारत सिमा क्षेत्रबाट नेपाल प्रहरीले भारतबाट ल्याउदै गरेको अबैध कुखुरा बरामद गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ८ नेपाल–भारत नजिक गौरी टोल क्षेत्रमा भारतबाट ल्याउदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी र बाबाथान प्रहरी चौकी कार्यालयको गस्ती टोलीले झण्डै ४० केजी बोईलर कुखुरा बरामद गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले जानकारी दिर्एका छन् ।

प्रहरीको गस्ती टोलीलाई देखेर तस्कर कुखुरालाई छाडेर भागेको बताईएको छ् । बरामद अबैध कुखुरालाई स्थानिय, जनप्रतिनिधी तथा पत्रकारको रोहवरमा खाल्डोमा हालेका थिए । भारत संग जोडिएको दोधारा चाँदनी नगरपालिका क्षेत्रमा फेरी अबैध तस्करी बढ्दै आएको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले सिमा क्षेत्रमा हुने तस्करी नियन्त्रणको लागी प्रहरी खटिदै आएको बताएका छन् ।

दोधारा चाँदनीको सिमावर्ती भारतिय बजार क्षेत्रबाट भित्रिने मासु तथा मासुजन्य बस्तुमा थप कडाई गर्दै आएको उनको भनाई रहेको छ् । दोधारा चाँदनीको नेपाल–भारतको खुला सिमा क्षेत्रको फाईदा उठाउदै तस्करहरुको सक्रियता बढ्दै आएका छन् ।


ताजा समाचार

spot_img