चौथो दिनको खेलमा महेन्द्रनगर युनाइटेड ,सगरमाथा र बेलडाँडी गाउँपालिकाको टिम बिजय

महेन्द्रनगर युनाइटेड निलोले क्वाटरफाइनलमा रोयल गोर्खा महेन्द्रनगर लाई हराउदै सेमिफाइनल प्रवेश


 महेन्द्रनगर,

सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला स्थित महेन्द्रनगरको खुलामञ्चमा जारी प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगितामा महेन्द्रनगर युनाइटेड बिलिउ र सगरमाथा अत्तरीया र बेलडाँडी गाउँपालिका विजय भएको छ।बिहिवार तेस्रो दिन सगरमाथा युवा क्लब र बेलडाँडी गाउँपालिका वडा न.५ बिच भएको पहिलो खेलमा सगरमाथा युवा क्लबले ३-१ गोलको अन्तरले बेलडाँडी -५ लाई हराएको छ। दोस्रो खेल क्वाटर फाइनलको पहिलो खेल महेन्द्रनगर युनाइटेड निलो र रोयल गोर्खा महेन्द्रनगर बिचको खेलमा महेन्द्रनगर युनाइटेडले  ३-२ गोलेको अन्तरले रोयल गोर्खा लाई हराउदै प्रतियोगिताको सेमिफाइनलको यात्रा तय गरेको छ।

भने उक्त दिन भएको अन्तिम खेल बेलडाँडी गाउँपालिका फुटबल टिम र कञ्चन जाई फुटबल क्लब बिच भएको रोमाञ्चक खेलमा बेलडाँडी गाउँपालिका फुटबल टिमले पहिलो जित दर्ता गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको छ। भोलि शुक्रबार प्रतियोगिताको पाचौं दिनको पहिलो खेल गौरिगंगा -११ र ग्यालेक्सी युथ क्लब बिच दिउँसो १२ बजे बजे हुने छ भने उक्त दिनको दोस्रो खेल र समुह “सि” को क्वाटरफाइनलको खेल दिउँसो १:३० बजे विभागीय टिम एपीएफ र पिएफए अत्तरीया बिच प्रतिस्पर्धात्मक खेल महेन्द्रनगरको खुलामञ्चमा हुने प्रतियोगिता संयोजक महेन्द्र चन्दले बताएका छन् ।


ताजा समाचार

spot_img