
अलख निरन्जन लोहार
टीकापुर, कैलाली
हाल : भारत

आफ्ना माने पछि सबै सबै आफन्त हुन्छन् ,
दुई दिन बाँचेर पनि कोहि जिवन्त हुन्छन् ।।

कहिल्यै पुरा भएनन् खुनपसिना बगाई पनि,
भन्न त गरिबहरुकै लागि ती भिडन्त हुन्छन् ।।

कहाँ मरेको छ अझै त्यो जहाँनिया शासन,
मै खाउँ मै लाउँ भन्नेहरु नै त सामन्त हुन्छन् ।।
तिमी देखिन्छौ र पनि त चैन नहुँदो रैछ मलाई,
आमा सम्झी बाडुल्कि शुरु हुन्छन् अन्त हुन्छन् ।।
पहेलो बस्त्रमा रजाई छ कुकुर स्यालहरुको,
धार्मिक मुखुण्डो भित्र बलात्कारी सन्त हुन्छन् ।।






