मुक्त हलियाका युवा युवतीलाई पाँच दिने उद्यमशिलता तालिम


कञ्चनपुर 

मुक्त हलिया समुदायका परिवारको आर्थिक अबस्था सुधार्ने उद्देश्यले सञ्चालित पाँच दिने उद्यमशिलता विकास सम्बन्धी तालिम सम्पन्न भएको छ ।राष्ट्रिय हलिया मुक्ति समाजको सहकार्य तथा अन्र्तराष्ट्रिय श्रम संगठन (आइएलओ)को सहयोगमा सञ्चालित बृज परियोनजा अन्र्तगत शुक्लाफाँटा नगरपालिका १० झलारीमा २५ जना मुक्तहलिया परिवारका युवा युवतीलाई तालिम दिईएको हो ।

तालिमका सहभागीहरुलाई सफल उद्यमी हुनका लागि आवश्यक पर्ने गुणहरु, बजारीकरणको अबस्था, बजारको पहिचान,, बस्तुको पहिचान, प्रचार प्रसार, हिशाव किताव राख्ने राख्ने तौर तरिका बारे तालिममा जानकारी दिईएको छ ।
तालिम समापन समारोहमा बोल्दै राष्ट्रिय हलिया मुक्ति समाज महासंघ नेपालका अध्यक्ष इश्वर सुनारले ज्ञान, सीप र सकारात्मक सोच, धैर्यता र लगनशीलताका साथ तालिमका सहभागीहरुलाई कार्य गर्नु पर्ने बताए । तालिमका माध्यमबाट सिकेका सीप व्यहारमा उतार्न सके मात्रै आर्थिक अबस्थमा सुधार आउने उनले बताए ।तालिम प्रदान गरिएका युवा युवतीहरुलाई व्यवसाय सञ्चालन गर्नका लागि सम्बन्धित स्थानिय तह, प्रदेश र दातृ निकाय संग पहल गरिने बताए ।

साना तिना कमी कमजोरीबाट पाठ सिक्दै, निराश नभएर मेहनत र निरन्तरताका साथ कार्य गर्नु पर्ने उनको भनाई   थियो । कार्यक्रममा बोल्दै राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले तालिममा सिकेको सीपको प्रयोग गरी व्यवसाय गरी आत्म निर्भर बन्नु पर्ने बताए । तालिमका सहभागीहरुले तालिम पाईएपनि आर्थिक अभावले कार्य गर्न कठिनाई भएको बताएका छन । तालिमका सहभागीहरुलाई झोला सहितका केही सामान उपलव्ध गराईएको थियो । तालिममा कञ्चनपुर सहित पहाडी जिल्ला बाजुराका मुक्त हलियाका युवाहरुको सहभागीता रहेको थियो । तालिमको सहजीकरण कृष्णदेव पाण्डेयले गरेका थिए ।


ताजा समाचार

spot_img