बेलौरी

ओली पक्षीय नेकपा बेलौरीको भेला सम्पन्न भएको छ । आइतबार ओली पक्षीय भेला सम्पन्न भएको हो । ओली पक्षीय अनेरास्ववियूका केन्द्रीय सदस्य कमल रोकायाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाको प्रमुख आथित्यमा भेला सम्पन्न भएको बताए । उनका अनुसार भेलामा छुटेका केन्द्रीय सदस्य शारदा विष्ट, चित्रा चौधरी, धन बहादुर थापा सहितका जिल्ला र प्रदेशका सदस्यलाई सथत ग्रहण गराईको छ ।

भेलाबाट नेकपा बेलौरीको २सय ५१ सदस्यीय पालिका कमिटि विस्तार गरिएको रोकायाले बताए । नेकपा बेलौरीका अध्यक्ष बाबुराम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा पल्लवराज भट्ट, कृपाराम राना सहितका केन्द्रीय सदस्यको सहभागिता रहेको थियो । नवराज शाहीले कार्यक्रम संचालन गरेका थिए ।

