सृष्टि महिला बचत तथा ऋण सहकारी दोधाराको कार्यालयको उद्धघाटन


दोधारा 

सृष्टि महिला बचत तथा ऋण सहकारी दोधाराको कार्यालयको उद्धघाटन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ मिलनचौराहमा आज एक कार्यक्रमको बिच सृष्टि महिला बचत तथा ऋण सहकारी दोधाराको कार्यालयको उद्धघाटन गरिएको हो । सृष्टि महिला बचत तथा ऋण सहकारीका अध्यक्ष गंगा रावतको सभापतित्वमा संचालन भएको कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारको प्रमुख अतिथी रहेका थिए । बिशिष्ठ अतिथीमा दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरी रहेका थिए । यस्तै अतिथीमा दोधारा चाँदनी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, वडा नं. १० का वडा अध्यक्ष नर बहादुर सुनार रहेका थिए ।

महिलाहरु सदस्यलाई सहकारी अवधारणा बमोजिम प्रदान गर्दै आएको सेवा तथा सुविधामा समय अनुसार परिमार्जन गर्दै सदस्य बिच आपसी सहयोगको भावना अभिवृद्धि गर्न, सदस्यलाई रोजगारी तथा आयमूलक कार्यमा आर्थिक साधन सरल ढंगबाट उपलब्ध गराउने, आजको समाजमा महिला शसक्तिकरण अन्तर्गत महिलालाई विभिन्न प्रकारका क्षमता अभिवृद्धि गराई आर्थिक, सामाजिक एवम् व्यक्तिगत रुपमा सक्षम बनाउने उद्देश्य बोकी सहकारी ऐन अनुसार २०६३ सालमा सृष्टि महिला बचत तथा ऋण सहकारी दोधारा दर्ता भएको कार्यक्रममा बताईएको छ् । सृष्टि महिला बचत तथा ऋण सहकारीबाट ऋण लगेर स्थानीय महिलाले बाख्रापालन, कुखुरापालन, तरकारी खेती, सिलाइ कटाई लगायतका क्षेत्रमा लाग्न थालेपछि उनीहरुको जीवन स्तरमा सुधार आउन थालेको कार्यक्रमका बक्ताहरुले बताएका छन् ।

ऋण तथा बचतको कारोबार संगै आर्थिक रुपमा बलियो बन्न सहयोग पुगेको सृष्टि महिला बचत तथा ऋण सहकारीका पदाधिकारीहरुले बताएका छन् । समुदायका सबैको सहभागिता गराएर आफ्नो अपनत्वको भावनाको विकास गर्दै पछाडि परेका विपन्न समुदाय र वर्गको उत्थानका लागि शतप्रतिशत घरधुरी सहकारीमा आबद्ध गराउने अभियान चलाउनु आवश्यक रहेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले बताएका छन् । कार्यालय उद्घघाटन गर्दै दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले सहकारी आफू सुदृढ हुदै प्रारम्भिक संस्थाहरुलाई समृद्ध संगै समुदायका रहेका बिपन्न परिवारलाई सम्मुन्नत बनाउदै लग्नु पर्ने बताएका छन् । उद्धघाटन सत्रको स्वागत मन्तब्य संस्थाका सदस्य बबिता पुनले गरेका थिए भने कार्यक्रम संचालन कोमल उपाध्यायले गरेका थिए ।

 


ताजा समाचार

spot_img