महेन्द्रनगरमा प्रथम युनाइटेड खुल्ला फुटबल प्रतियोगिता सोमबार देखि सुरु


कञ्चनपुर

सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता -२०७७ सोमबार देखि सुरु हुने भएको छ।

विश्वव्यापी रुपमा फैलिएको “कोभिड-१९ “कोरोना भाइरस ले थला परेका खेलकुद क्षेत्र लाई उजागर गर्नका लागि र फुटबल विकास गर्ने उद्देश्यका साथ कञ्चनपुर जिल्ला फुटबल संघ र सुदूरपश्चिम प्रदेश फुटबल संघको समन्वयमा महेन्द्रनगर युनाइटेड क्लबको आयोजनामा सोमबार माघ १२ गते देखि महेन्द्रनगरको खुल्लामञ्चमा सुदूरपश्चिम प्रदेशका क्लबको प्रतिनिधित्व हुने गरि महेन्द्रनगर क्षेत्रकै सबै भन्दा ठुलो धनराशि भएको पुरुष खुल्ला युनाइटेड फुटबल आमन्त्रण कप -२०७७ को आयोजना सोमबार १ बजे उद्धघाटन हुने पुर्व खेलाडी एवं प्रतियोगिता संयोजक महेन्द्र चन्दले बताउनु भएको छ।

उनका अनुसार ‘प्रतियोगितामा कैलाली कञ्चनपुर १६ टिमको सहभागिता रहेको छ। यो संगै प्रतियोगिता नकाउट आधारमा खेलाईने र प्रतियोगिता माघ २१ गते सम्म संचालन हुने च्याम्पियन हुने टिमले नगद १ लाख पुरस्कार र उपविजेता वा दोस्रो हुने टिमले ५० हजार पुरस्कारको घोषणा गरिएको छ। भने प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार समेत रहेको बताएका छन् ।


ताजा समाचार

spot_img