कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिका २ नम्बर वडा कार्यालयले वडा क्षेत्रमा रहेका सामुदायिक विद्यालयको भौतिक संरचना सुधारका लागि योजना अघि सारेको छ । वडा कार्यालयले चालु आर्थिक बर्ष २०७७/०७८ मा वडा कार्यालयले आफ्ना क्षेत्रमा रहेका सामुदायिक विद्यालयको भौतिक संरचना सुधारका लागि भवन निर्माण गरिरहेको छ ।


शनिबार एक कार्यक्रमका विच भीमदत्त नगरपालिका २का वडाध्यक्ष ड्रम्बर कार्की(डिके)ले सरस्वती माध्यामिक विद्यालय महुलिया उल्टाममा चार कोठे पक्की भवनको शिलान्यास गरेका छन । अध्यक्ष कार्कीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरबृद्धिका लागि आधुनिक पक्की भवनको योजना ल्याएको बताए । विद्यालयमा भवन निर्माणसंगै पठन पाठनमा सहज हुने विद्यालयले जनाएको छ ।







