दार्चुलामा ट्रकमा आगजानी

दार्चुला

दार्चुलामा ट्रकमा आगजानी भएको छ । जिल्लाको गोकुलेश्वरबाट सदमुकाम खंलगा तर्फ गइरहेको सु प्र प ००१ क १५४८ नम्बरको ट्रकमा शनिवार(आज) दिउँसो ३ बजेतिर शैल्यशिखर नगरपालिका वडा नम्बर ९ नक्तड जंगल नजिक आगजनी भएको हो । आगजनीबाट ट्रकको अगाडीको भाग र टायरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिनुभयो ।

आगलागी कस्ले र कसरी भयो भन्नेबारे अनुन्सधान भइरहेको प्रहरी जनाएको छ । प्रहरीले ट्रक साहु बैतडीको डीलासैनी गाउँपालिका वडा नम्बर ५ का देवराज पन्तको र चालक मालिकार्जन गाउँपालिका वडा नम्बर ५ का स्याम पाललाई नियन्त्रणमा लिएर अनुसन्धान प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभयो । विप्लव समुहले गरेको बन्दको कारण प्रहरीले स्कटिङ गरि सवारी साधन गन्तव्यमा पठाइरहेको उहाँले बताउनुभयो ।

उक्त ट्रकले भने गोकुलेश्वर बाट कटपटे जान्छु भनेर गएको र सदरमुकाम जान लागेकोले विभिन्न आशंकामा अनुसन्धान भईरहेको प्रहरी निरीक्षक चन्दले बताउनुभयो । विप्लवको बन्दको प्रभावले जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैन्न । भने सार्वजनिक सवारीको सेवा लाई स्कटिङ गरेर भएपनि सवारी साधनलाई गन्तव्य पठाइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बन्द घोषणा गरेको पक्षबाट हुनसक्ने गतिविधिलाई ध्यानमा राखेर गएरातिदेखि नै जिल्लाबाट विभिन्न गन्तव्यका लागि छुट्ने र जिल्ला भित्रिने सवारी साधनलाई स्कटिङ गरेर पठाइरहेको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

ताजा समाचार