विप्लवको बन्द कञ्चनपुरमा


कञ्चनपुर

सरकारद्वारा प्रतिबन्धित नेकपा विप्लवको आज शनिबार आब्हान गरिएको नेपाल बन्द कञ्चनपुरमा समेत प्रभाव परेकोछ । जिल्लाबाट विभिन्न स्थानका लागि छुट्ने बिहानैदेखि छोटो तथा लामो दुरीका सवारी साधन संचालनमा आएका छैनन । सार्वजनिक यातायात संचालन हुन नसक्दा यात्रुले अटो र मोटरसाईकलमा महङगो भाडा तिरेर यात्रा गर्नु परेको छ । बन्दका कारण यातायातदेखि औद्योगिक व्यवसायिक क्षेत्रमा प्रभाव परेकोछ । सार्वजनिक यातायात पूर्ण बन्द भएपनि बजार भने केही आनशिक खुला रहेको छ ।

नेकपा विप्लवले नेता धर्मेन्द्र बास्तोला(कञ्चन)लाई गिरफ्तार गरेको बिरुद्धमा विप्लवले बन्द गरेको कञ्चनपुरका एक युवा नेताले बताए । नेकपा कञ्चनपुरका युवा नेताका अनुसार ओली सरकारले देश र जनताको हितमा काम गर्ने पार्टीमाथि प्रतिबन्ध लगाएसंगै वार्ताका लागि बोलाएर पक्राउ गरिएकोप्रति आपत्ति जनाए । जनताले समेत बन्दको विकल्प खोज्दै अघि बढ्न आग्रह गरेका छन ।

विप्लवले भने बाध्यात्मक भन्दै आएको छ । बन्दलाई मध्य नजर गर्दैै स्थानीय प्रशासनले राजमार्ग, बजार, सरकारी कार्यालय लगायतका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेकोछ । बन्दमा एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन भने निर्वाध संचालन हुन दिने र अवाज्ञा गर्नेमाथि कार्बाहीको चेतावनी दिएको छ ।


ताजा समाचार

spot_img