विप्लव दार्चुलाद्वारा शनिबारको नेपाल बन्द सफल पार्न अपिल


कञ्चनपुर

नेकपा विप्लव दार्चुलाले शनिबार नेपाल बन्द सफल पार्न अपिल जारी गरेकोछ । विप्लव दार्चुलाले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै असम्वैधानिक गिरफ्तारी बिरुद्धको नेपाल बन्दको आब्हान गरेको हो । गत पुष २९मा नेकपाका स्थायी कमिटि सदस्य धर्मेन्द्र बास्तोला(कञ्चन)लाई पक्राउ गरेको बिरोधमा विप्लवले माघ १०गते नेपाल बन्दको आब्हान गरेको बुझिन्छ ।

बन्दको पुर्व सन्ध्यामा विप्लव दार्चुलाका इन्चार्ज किरण र सचिव विक्रमले एक प्रेस विज्ञप्ती जारी गर्दै कञ्चनपुरको गिरफ्तारीको भत्र्सनाका साथै ससम्मान रिहाईको माग अघि सारेको छ । असवैधानिक गिरफ्तारी दमन, झुटा मुद्दा, धरपटक र राष्ट्रघात बिरुद्धमा आब्हान गरिएको आम हडताल सहितको नेपाल बन्दलाई पूर्ण रुपले सहयोग गर्दै केपि सरकारको फाँसिवाद, निरङकुल, र अलोकतान्त्रिक कदमका बिरुद्धमा संगठित हुँदै संघर्षमा आउन सबै दार्चुलाबासीमा अपिल गरिएको छ ।


ताजा समाचार

spot_img