काठ तस्कर नै वनमन्त्री भएपछि शुक्लाफाँटादेखि लालझाडीका रुख नै त्रसित : रावल


 कञ्चनपुर,

प्रचण्ड नेपाल नेकपा समुहका नेता भीम रावलले ओली नेतृत्वको सरकारका वन मन्त्री प्रेम आलेप्रति लक्षित गरेर काठ तस्कर नै वनमन्त्री भएपछि शुक्लाफाँटादेखि लालझाडीका रुख नै त्रसित भएको बताएका छन । शुक्रबार महेन्द्रनगरमा पत्रकार सम्मेलनमा बोल्दै नेकपा स्थायी समिति सदस्य तथा सुप प्रदेश इन्चार्ज रावलले वनमन्त्री प्रेम आलेको नाम नै लिएर चोरको हातमा चासो दिएको टिप्पणी गरेका छन । ‘वन तस्कर नै मन्त्री भएका छन, ‘रावलले भने, ‘शुक्लाफाँटादेखि लालझाडीका रुख,बिरुवा जनावर त्रसित छन ।’

वन तस्कर मात्रै खुसी भएको बताउदै रावलले आम संरक्षणकर्मी दुखि भएको बताएका छन । वनमन्त्री आलेप्रति लक्षित गरेर रावलले संसद यज्ञ बहादुर बोगटीलाई काठमाण्ठौँमा घडेरी दिएर ओली समुहमा प्रवेस गराउन प्रपञ्च रहेको संचार माध्याममा आएको खबर आफुले पनि पढेको बताए । ओलीले आफ्नो पक्ष बलियो बनाउन भौतिक स्रोत साधन, पैशा र पद वितरण गरिएको आरोप लगाए । ‘मैले प्रेम आलेलाई पटक पटक काठ तस्करी नगर्न र भ्रष्टाचार नगर्न आग्रह गरेतर, मान्नु भएन, ‘रावलले भने, ‘उहाँले एउटा सार्वजनिक कार्यक्रममा ९लाख धरौटी तिरेर उन्मुक्ती पाएको घोषणा बाटै उनी वन तस्कर भएको स्वयमले घोषणा गरेका छन ।’ प्रेम आलेलाई आफुले चुनाव जिताएको बताउँदै रावलले वन तस्करी र भ्रष्टाचार नगर्न सुझाव दिएकै कारण आफु बिरुद्ध आले लागेको बताए ।

‘म हेलिकेप्टर लगेर आलेलाई चुनाव जिताउन गएको थिए, ‘उनले भने, ‘चुनाव जितेपछि ओलेले मलाई फोन गरेर तपाईका कारण चुनाव जिते भन्नुभयो ।’ ओली गुटका आले जस्ता भ्रष्ट र वन तस्कर समुहले आफु बिरुद्ध जातिय मुद्दा लगाउने गरेको उनको दुखेसो छ। ‘हेर्नुहोस, म कुनै जातिय, धर्म भन्दा पनि कर्म र क्षमतामा विश्वास गर्ने मान्छे हुँ, ‘उनले भने, यो म माथि सरासर गतल हो ।’ नेता रावलले ओलीसंग यस्तै वन तस्कर, भ्रष्टाचारी, सरकारी जमिन हडप्ने ढ्वाङमन्त्री भएकै कारण वर्तमान सरकार बदनामको घर भएको टिप्पणी गरेका छन । ओलीको असम्वैधानिक कदम बिरुद्धमा शसक्त भएर आन्दोलनको विकल्प नभएको समेत रावलले बताए । संसद पूर्नस्थापना हुने ।

सुर्य चिन्ह आफुहरुकै हुने दावि गरेका छन । वमन्त्रीले केही दिन अघि एक टेलिभिजनमा अन्र्तरवार्ता दिदै भीम रावलले चुनाव जिते आफुले सन्यायस लिने घोषणा गरेको प्रसङ्गमा नेता रावलले खरानी घसेर तयार हुन आग्रह गरे । नेता रावलले नेकपा सुप प्रदेशका अध्यक्ष कर्ण थापालाई आफुले सेती अञ्चल इन्चार्ज हुँदा बहुबिवाह गरेकाले कार्बाही गर्दा रिसाएको बताए । ‘मैले कर्ण थापालाई ६ महिना पार्टीबाट निकालेको थिए, ‘रावलले भने, ‘त्यही भएर उहाँ मसंग रिसाएका हुन ।’


ताजा समाचार

spot_img