कञ्चनपुर

नेपाली काँग्रेसले प्रतिनिधी सभा विघटन बिरुद्धमा कञ्चनपुरका सबै वडाहरुमा बिरोध प्रर्दशन गरेको छ । बिहीबार काँग्रेस केन्द्रीय समितिको निर्णय अनुरुप कञ्चनपुरका सबै वडाहरुमा बिरोध प्रर्दशन गरिएको काँग्रेस कञ्चनपुरका कोषाध्यक्ष शंकर चन्दले बताए ।

उनका अनुसार कञ्चनपुरका ९ वटै पालिकाका सबै वडाहरुमा एक साथ प्रतिगम र गैर लोकतान्त्रिक कदम बिरुद्ध प्रर्दशन गरिएको बताए । ‘हामीले केन्द्रीय कार्यक्रम अनुसार सबै वडाहरुमा बिरोध प्रर्दशन गरेका छौँ, ‘उनले भने, ‘जनता काँग्रेसको पक्षमा देखिएका छन ।’ कम्यूनिष्टहरुलाई दुई तिहाई मत दिदा समेत जनताको मतमा कुठाराधात गरेको काँग्रेस कञ्चनपुरका नेताहरुले आगामी निर्वाचन लोकतान्त्रिक शक्ति काँग्रेसलाई साथ सर्मथन दिन आग्रह गरेका छन ।







