कञ्चनपुर

सिद्धनाथ विज्ञान क्याम्पसमा स्टुटेण्ड अफ एसोसिएसन फिजिक्स(एसएपी)को अध्यक्षमा माधव भट्ट चयन भएका छन । बुधबार भौतिक विज्ञानका विद्यार्थीको भेलाबाट अध्यक्षमा भट्ट चयन भएका हुन । उपाध्यक्ष माधव राज पन्त, भुवन राज भट्ट, सचिव गोबिन्द धामी, सह सचिव सुरेन्द्र धामी, कोषाध्यक्ष सर्दशन भट्ट, सदस्य शिवराज जोशी, गंगा दत्त पन्त रहेका छन ।

कार्यक्रमका बिशिष्ठ अतिथि, कञ्चनपुरका विद्यार्थी नेता एव पुर्व स्टुटेण्ड अफ एसोसिएसन फिजिक्स(एसएपी)को अध्यक्ष नरेन्द्र भाटले खोज तथा अनुसन्धान गर्नको लागि स्थापन गरिएको संस्थालाई अघि बढाउनुपर्नेमा जोडदिए । एसएपीका नि अध्यक्ष लोकराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख रेश्मा अवस्थी प्रमुख अथिति रहेका थिए । भने संचालन माधव भट्ट, शुभकामना मन्तव्य गोबिन्द धामीले राखेका थिए ।

