कञ्चनपुर

गरिबमाथि सरकारी निकाय र व्यक्तिले कसरी थिचोमिचो गर्छन । भन्ने उदाहरण खोज्न कहि कतै जानु पदैन । भीमदत्त नगरपालिका १८ गोबरैया नालामा पक्की पुल निर्माण गर्ने विषयमा श्रीकृष्ण टोलको एक नेगी परिवारमाथि सडक डिभिजन कार्यालये गरेको व्यवहारबाटै प्रष्ट भईन्छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरबाट भीमदत्त नगरपालिका १८ बागबाणी र गोबरैया जोड्ने नालामा २०मिटरको पक्की पुल निर्माण भयो । यो जनताका लागि खुसिको कुरा हो ।तर, सडकबाट दक्षिणतर्फको मुखमै रहेको कलावती नेगीले दर्तावाला जमिनमै पुल निर्माण गरिदिएपछि नेगी परिवार पीडित भएको छ । खोला नै मोडेर आफ्नो जमिनतिर लिएर पुल निर्माण गरेको कलावती नेगीले दुखेसो पोखिन् । ‘पुल निर्माण हुँदा क्षतिपूर्ति दिन्छौँ, भनेर हामीले हाम्रो जमिनमा पुल निर्माण गर्न दियौँ, ‘कलावती नेगीले भनिन, ‘अहिले आएर क्षतिपूर्ति माग्न जाँदा सडक डिभिजनले हाम्रा कुरा सुन्न तयार छैन ।’

पुल निर्माण गर्दाका बखत जमिनको क्षतिपूर्ति दिने मौखिक आवश्वासन छलछाम गरेको बताउदै उनले अहिले पुल निर्माण गरेपछि कुनैपनि कर्मचारीले वास्ता नै नराख्ने गरेको बताईन । ‘पुल निर्माण गर्दा हामी गरिबसंग झुक्याएर क्षतिपूर्ति दिने आवश्वास दिए, तर आज आएर पुल पछाडी हुनुपर्नेमा हाम्रो जमिन मासेर पुल बनाएर, तर क्षतिपूर्ति दिएनन ।’ ८ धुर जमिन पुलमा गएको नेगी परिवारले बताएपनि ४धुर गएको अमिनले बताएका थिए । सोही आधारमा भीमदत्त नगरपालिका १८ नम्बर वडाबाट क्षतिपूर्तिका लागि सडक डिभिजन कार्यालयमा सिफारिस हुँदा समेत क्षतिपूर्ति नदिएको कलावतीले दुखेसो पोखिन । ‘हामी गरिब, पहुँच नभएकै कारण सरकारी कर्मचारीले झुक्याएर हाम्रै जमिन मासेर पुल बनाए, ‘उनले भनिन, ‘आफ्नो काम गरे, हामी गरिबमाथि छल कपट गरे ।’ क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय सहितका कार्यालय धाउदा समेत कुनैपनि निकायबाट क्षतिपूर्ति दिलाउन पहल नगरेको भन्दै नेगी परिवार सरकारको खोजिमा छन ।

नेगी परिवारले खोला एकातिर पुल अर्कातिर र गरिबको जमिन मासेर पुल बनाएर न क्षतिपूर्ति न राहत दिएको दुखेसो पोखेका छन । सडक डिभिजन कार्यालयका तत्तकालिन कार्यालय प्रमुख सहितले पुल निर्माण स्थलमै पुगेर क्षतिपूर्ति दिने आवश्वासन दिएपनि अहिले आएर गरिब विपन्नमाथिको हेपाह प्रवृति देखाएको बताए । पुल पुलेका सडकका योजना निर्माण भएपछि कर्मचारीले कमिसन लिने भएकाले कमिसन गुम्ने खतराले सो कार्य सम्पन्न गर्नका लागि नेगी परिवारमाथि झुटा आवश्वास दिएको पीडितको दुखेसो छ ।
साढे चार कट्टाको लालपुर्जा भएको नेगी परिवारको जमिन पुलमुनी खोला बगिरहेपछि टुलुटुली हेरेर गहभरी आँशु आईरहेको कलावतीले दुखेसो पोखिन । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी लक्ष्मण दत्त जोशीले पुल निर्माणमा क्षतिपूर्ति दिने व्यवस्था नभएको बताए । ‘नेगी परिवारको जमिन गएको छैन, ‘उनले भने, ‘त्यो खोलाको समेट बेल्ट पर्छ, हामीले क्षतिपूर्तिदिने आवश्वासन दिएका थिएनौँ ।’






