दोधारा

दोधारा चाँदनीका बिद्यालय संचालन भएको छ् । दोधारा चाँदनी नगरपालिका नगरकार्यपालिका बैठकले आज देखि नगर क्षेत्रमा रहेका सामुदायिक र संस्थागत बिद्यालय संचालनमा ल्याएको हो । हिजो बसेको दोधारा चाँदनी नगरपालिका नगरकार्यपालिकाको बैठकले आईतवार देखि बिद्यालय संचालन गर्ने निर्णय गरेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले जनाएका छन् । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागी बन्द गरिएका दोधारा चाँदनीका बिद्यालय पुनः संचालनमा आएको हो ।

आज दोधारा चाँदनी नगरपालिका कार्यालयले एक सुचना प्रकाशित गरि आज अर्थात आईतवार देखि बिद्यालय संचालन गर्न निर्देशन दिएको छ् । स्वास्थ्य मापदण्ड सहित भौतिक उपस्थितीमा बिद्यालय संचालन गर्न सुचित गरिएको छ् । ‘यस नगरपालिकाको निर्णय बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एवम् शिक्षा तथा मानव श्रोत बिकास केन्द्रले स्वास्थ्य सम्बन्धी जारी गरेको मापदण्ड अपनाई भौतिक उपस्थितीमा बिद्यालय संचालन गर्ने भन्ने भएकोले मिति २०७७ माघ०५ गतेबाट सोही बमोजिम गर्न गराउन सुचित गरिन्छ्’ दोधारा चाँदनी नगरपालिका कार्यालयले जारी गरेको सुचनामा भनिएको छ् । दोधारा चाँदनी क्षेत्रमा २२ सामुदायिक र २२ संस्थागत बिद्यालय रहेका छन् ।







