दोधारा

दोधारा चाँदनीको बडवाल टोल अर्थात शिवनगर टोलमा खोप केन्द्रको उद्धघाटन गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारको प्रमुख आतिथ्यमा खोप केन्द्रको उद्धघाटन गरिएको दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्कर जोशीले जानकारी दिएका छन् । आज बिधिवतरुपमा एक कार्यक्रमको बिच खोप केन्द्रको उद्धघाटन गरिएको हो । बडवाल टोलका स्थानियहरु नदीपार गरि बिगत लामो समय सम्म आफ्नो नानीलाई खोप लगाउन आउने समस्या हल भएको बताईएको छ् ।

दोधारा चाँदनीको बिकट तथा हात्ती पिडित क्षेत्र भनेर चिनीने बडवाल टोलमा दोधारा चाँदनी नगरपालिकाको सहयोग तथा स्थानीय महिलाहरुको सक्रियतामा खोप केन्द्र निर्माण गरिएको हो । खोप लगाउनु पर्ने उमेर समुहका बालबालिकाहरुलाई खोप लगाउदा घाम–पानी नभनि टाढा रहेको खोप केन्द्रमा जानुपर्ने बाध्यताको अन्त्य भएको दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्कर जोशीले बताएका छन् । अध्यक्ष जोशीले अन्य कामलाई थाती राखेर खोप केन्द्रको भवन निर्माणको कामलाई अघि सारिएको बताएका छन् । वडा अध्यक्ष जोशीले आफुले निर्वाचनको बेला जनता संग गरेको बाँचा पुरा गर्दै आएको केही गरेको बाँचा पुरा गर्ने प्रतिबद्धता जाहेर गरेको छन् । बिगतका तुलनामा वडा क्षेत्रमा बिकासमा निकै फड्को मारेको बताईएको छ् ।

खोप केन्द्रको भवन निर्माण हुदा घाम तथा पानीमै भिजेर बालबालिकालाई टाढा गएर खोप लगाउनु पर्ने समस्या हल भएको बताउदै स्थानिय महिला लक्ष्मी रानाले वडा अध्यक्ष तथा सदस्यहरुलाई धन्यबाद दिएका छन् । एक कोठा पक्की भवन निमार्ण कार्यमा दोधारा चाँदनी नगरपालिका वडा नं. ३ वडा कार्यालयले झण्डै रु. ४ लाख ८० हजार बिनियोजन गरेको बताईएको छ् । चाडै खोप केन्द्र भवनमा शौचालय, हल, कुर्सीको राम्रो ब्यवस्था गरिने समेत वडा नं. ३ वडा कार्यालयले जनाएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्कर जोशीको सभापतित्वमा संचालन भएको खोप केन्द्रको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथी दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार रहेका थिए । यस्तै कार्यक्रमा वडा नं. ३ का वडा सदस्य शेर बहादुर भण्डारी, गणेश आधारभुत बिद्यालयका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर ओली, वडा नं. ३ का नगर स्वास्थ्य केन्द्र प्रमुख मुन्नी साँउद, खोप संचालक बिष्णा पाँण्डे, नरेश भट्ट, महिला स्वयम् सेविका तथा स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो ।
दोधारा चाँदनी नगरपालिकाका मेयर बिर बहादुर सुनारले वडा अध्यक्ष जोशीले वडाको दुर्गम क्षेत्रमा समेत बिकासका काम अघि बढाउदै आएकोमा प्रशंसा गरेका छन् । जगबुडा नदीको पारीको बस्ती त्यसैमा हात्ती पिडित क्षेत्रकोरुपमा परिचित बडवाल टोलमा बिगतका तुलनामा स्थानिय सरकार आएपछि निकै परिवर्तन भएको बताएका छन् । दुर्गम क्षेत्रलाई सुगम क्षेत्र बनाउन योजनाको लागी पहल गर्दै आएका वडा अध्यक्ष जोशीको कार्यलाई समुदाय स्तरमा मुल्यांकन समेत भएको नगर प्रमुख सुनारले बताएका छन् । दोधारा चाँदनीको नेपाल–भारत संग जोडिएको बस्तीमा बस्तीमा खोप लगाउने ब्यवस्था भएपछि स्थानियहरुले खुशी प्रकट गरेका छन् । उद्धघाटन कार्यक्रममा स्वागत मन्तब्य नगर स्वास्थ्य केन्द्रका प्रमुख मुन्नी साँउदले गरेका थिए भने, कार्यक्रम संचालक जमुना आधारभुत बिद्यालयका शिक्षिका मथुरा पन्तले गरेका थिए ।






