सात बर्षमा कैलाली बहुमुखी क्याम्पस सुप विश्वविद्यालयमा समायोजन


क्ञ्चनपुर

सात बर्षमा कैलाली बहुुमुखी क्याम्पस सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा समायोजन भएको छ । सात बर्ष अघि कैलाली बहुुमुखी क्याम्पस सहित १५ सामुदायिक क्याम्पसलाई सुप विश्वविद्यालयमा समायोजन गर्ने निर्णय भएको थियो । १५ मध्ये कैलाली बहुमुखी क्याम्पस मात्रै समायोजनमा आएको थिएन । सुप विश्वविद्यालय सभाको ३० भदौँ ०७० को बैठकबाट एक पहाड एक तराईको क्याम्पस समायोज गर्ने निर्णय अनुरुप कैलाली जिल्लाको धनगढी स्थित कैलाली बहुमुखी क्याम्पस र बझाङ्ग चयनपुरको जयपृथ्वी बहुमुखी क्याम्पसलाई समायोजन गर्ने निर्णय गरिएको थियो । तर, कैलाली बहुमुखी क्याम्पस समायोजनमा आएन् । ०७१ को सुप विश्वविद्यालय सभाको अर्को निर्णयले थप १३ सामुदायिक क्याम्पसलाई आंगिक क्याम्पस बनाउने निर्णय सगै १४ क्याम्पस मात्रै समायोजनमा आएका थिए । यस अघि टीकापुर, दुर्गालक्ष्मी, जगन्नाथ, जनता, दार्चुला, गोकुलेश्वर, मणिलेक, पाटन, घण्टेश्वरसेती,सीताराम, त्रिवेणी, जयपृथ्वी, बाजुरा बडिमालिक बहुमुखी क्याम्पस समायोजनमा आईसकेका थिए । सुप विश्वविद्यालयका रजिष्ट्रार डा. गोबिन्द विष्टले अन्य १४क्याम्पस समायोजनमा आएपछि कैलाली नआएको बताए ।

उनका अनुसार आइतबार कैलाली बहुमुखी क्याम्पस र सुप विश्वविद्यालयविच भएको सहमती अनुरुप समायोजनमा आउने भएको छ । सुप विश्वविद्यालयका तर्फबाट उपकुलपति डा.अम्मराज जोशी, रजिष्ट्रार डा गोबिन्द विष्ट, कैलाली बहुमुखी क्याम्पस संचालन समितिका अध्यक्ष एव जिसस कैलालीका प्रमुख सुर्य थापा, संचालक समितिका उपाध्यक्ष एव धनगढी उपमहानगरपालिका प्रमुख नृप बहादुर वड, क्याम्पस प्रमुख पदम राज जोशीले हस्ताक्षर गरेका छन । सहमती अनुरुप अगामी शैक्षिक सत्रदेखि सुप विश्वविद्यालयकै पाठ्यक्रम कार्यक्रम लागु हुनेछन । अन्य विवित कार्यक्रम समेत सुप विश्वविद्यालयकै हुनेछन । ‘कैलाली बहुमुखी क्याम्पस र विश्वविद्यालयविच १सय १० दरबन्दी स्वीकृत गर्ने सहमती भएको छ, ‘रजिष्ट्रार विष्टले भने, ‘यस अघि दरबन्दी लगायत विवित समस्या हुँदा कैलाली समायोजन हुन सकेन ।’ सम्झौता हुँदादेखिको बखतमा जो जे अवस्थामा छन, त्यही अवस्थामा समायोजन हुने सम्झौता भएको उनले बताए । रजिष्ट्रार विष्टका अनुसार २४ असोज ०७४ मन्त्रीपरिषद्को निर्णय अनुरुप समायोजनमा आएका ४ सय ४४ दरबन्दी स्वीकृत गरिएका थिए । ‘अन्य १४ क्याम्पस १ साउन ०७५ सालमै समायोजनमा आईसकेका थिए, ‘उनले भने, ‘कैलाली मात्र आएको थिएन, अहिले आएको छ ।’ गत पुषमा सुप विश्वविद्यालय सभाले ऐन परिमार्जन गरेसंगै कैलाली बहुमुखी क्याम्पस समायोजनमा आएको बताउदै रजिष्ट्रार विष्टले समायोजन प्रकृया अघि बढिरहेको बताए ।

कैलाली बहुुमुखी क्याम्पसका प्रमुख पदमराज जोशीले ०७४ सालदेखि सुप विश्वविद्यालयको सभा बस्न नसक्दा केही नमिलेका विषय ०७७को सभाले टुङ्गो लगाएकाले समायोजनमा गएको बताए । सुप विश्वविद्यालयमा कैलाली क्याम्पस समायोजन भएसंगै विश्वविद्यालयको उपलब्ध थपिएको प्राध्यापक कर्मचारीको भनाई छ । सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसमा कार्यरत उपप्राध्यापक बीर बहादुर सिह(ठकुरी)ले ढिलै भएपनि कैलाली बहुमुखी क्याम्पस विश्वविद्यालयमा समायोजन भएसंगै सुप प्रदेशकै शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव ल्याउने बताए । ‘यसले अब सुप विश्वविद्यालयको निश्चित आकार र गरिमा बढाएको छ, ‘उप प्राध्यापक सिहले भने, ‘यसबाट थप उचाई बढ्छ ।’ सुप विश्वविद्यालय स्थापनाका लागि गरिएको आन्दोलनमा घाईते समेत भएका पुर्व नेपाल विद्यार्थी संघका नेता एव विश्वविद्यालयका कर्मचारी मनोज चन्द(म्याण्डी)ले कुसल नेतृत्वका कारण कैलाली बहुमुखी क्याम्पस समायोजन भएको बताए । उनले भिजन र कुसल नेतृत्वले समायोजनदेखि, अनलाईन परीक्षा, सुकुमबासीबाट फिर्ता गरिएको विश्वविद्यालयको जमिन समेत फिर्ता गराएको प्रसङ्ग जोडे ।

पुर्व अखिल क्रान्तिकारीका विद्यार्थी नेता एव सुदूरपश्चिम विश्वविद्यालय कर्मचारी नेता नेपाल राष्ट्रिय कर्मचारी संगठन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय महासचिव बिनोद जोशीले ०७० सालमा नै विश्वविद्यालयको दोस्रो सभाले कैलाली बहुमुखी क्याम्पस लाई आङ्गिक क्याम्पस बनाउने निर्णय गरेको बताउदै विवित कारणले समायोजन हुन सकेको बताए । ‘यो एक राम्रो कुरा हो, अब सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो बिस्तार मा एक कदम अगाडि बदेको छ, उनले भने, ‘अब विश्वविद्यालयले गुणस्तर शिक्षा र विकासमा सबै सरोकार वालाहरुलाई समेटेर विश्वविद्यालयको सर्वाङ्गिण विकासमा ध्यान दिनुपर्छ ।’


ताजा समाचार

spot_img