कञ्चनपुर

भ्रष्टाचार बिरुद्धको अभियान संचालन गदै आएका अभियन्ता ज्ञानेन्द्र शाहीले कञ्चनपुरको चर्चित घटना निर्मला हत्याकाण्डका घाईते र निर्मलाको परिवारसंग भेटघाट गरेका छन । कैलालीको अत्तरियामा खबरदारी सभा सम्बोधन गर्न आएका शाहीले आइतबार साँझ निर्मलाको घर परिवार र घाईतेसंग भेटघाट गरेको ‘हाम्रो नेपाल हामी नेपाली भ्रष्टाचार बिरुद्धको महाअभियान’ का सुप संयोजक हिरा बोहराले बताए ।

संयोजक बोहराका अनुसार निर्मलाका बाबु यज्ञराज पन्त, आमा दुर्गादेवि पन्त र घाईते अर्जुन भण्डारालाई भेटेर न्यायको विषयमा छलफल गरेको बताए । संयोजक बोहराका अनुसार हाम्रो नेपाल हामी नेपाली भ्रष्टाचार बिरुद्धको महाअभियान’ केन्द्रीय संयोजक शाहीले मुख्यमन्त्री त्रिलोचन प्रशाद भट्टलाई ज्ञापन पत्रका साथै कञ्चनपुरको महाकाली कोरिडोर लगायतका क्षेत्रको अनुगमन गरेर फर्किने कार्यक्रम रहेको बताए ।







