काँग्रेस नेता बडूलाई मातृ शोक


कञ्चनपुर
नेपाली काँग्रेसका नेता दिपेन्द्र प्रशाद बडूलाई मातृ शोक परेको छ । काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री विघठित प्रतिनिधी सभा सदस्य दिपेन्द्र प्रशाद बडूलाई मातृ शोक परेको हो । आइतबार बडूकी पुजनिय आमा कलशा देवी बडूको ९४ बर्षको उमेरमा निधन भएको हो । भीमदत्त नगरपालिका १८ कटान निवासमै देवाशन भएका काँग्रेस नेता बडूकी आमाको महाकाली नदीमा अन्त्येष्टी गरिएकोछ ।

हिन्दु परम्परा अनुसार काँग्रेस नेता बडू सहितका तीन दाजुभाईले दागबत्ती दिएका थिए । काँग्रेस नेता दिलेन्द्र सहित पुर्व सेवानिवृत शिक्षक ईन्द्रराज बडू, ईन्जिनियर महेन्द्र प्रशाद बडूले दागबत्ती दिएका हुन । अपि सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष जनक सिह धामीले मृतकको पार्थिव शरिरमा रामनमी झण्डा ओढाएका थिए ।

महाकाली नदीमा गरिएको अन्त्येष्टीमा काँग्रेस नेता कार्यकर्ता, आफन्त, ईष्टमित्र लगायतका आफन्तको उपस्थिति रहेको थियो । काँग्रेस नेता बडूको परिवारमा परेको शोकमा उनका आफन्त सहकर्मीले धैर्यताको कामना गर्दैै समवेदना प्रकट गरेका छन ।


ताजा समाचार

spot_img