संसद बिघटन बिरुद्ध कांग्रेसको दोधारा चाँदनीमा बिरोध प्रर्शन


दोधारा

केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघटनको बिरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दोधारा चाँदनीमा बिरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेसले आज देशभर बिरोध प्रदर्शन गर्ने पुर्वनिर्धारित कार्यक्रम अनुसार दोधारा चाँदनी सहित देशभरका निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको छ् । कांग्रेसले ओलीको कदमलाई असंबैधानिक रहेको भन्दै दोधारा चाँदनीमा बिरोध प्रदर्शन गरेको नेपाली काग्रेंस दोधारा चाँदनीले जनाएको छ् । बिरोध कार्यक्रमलाई जिल्ला तथा स्थानिय नेताहरुले सम्बोधन गरेका छन् । नेपाली काग्रेंस दोधारा चाँदनी नगर कार्य समितिको आयोजना गरिएको बिरोध प्रदर्शन कार्यक्रममा ओली सरकारले गरेको संसद बिघटन कार्य असंबैधानिक रहेको भन्दै बिरोध कार्यक्रम संचालन गरिएको नेपाली काग्रेंस दोधारा चाँदनी नगर कार्यसमितिले जनाएको छ् ।

कम्युनिष्ट नेतृत्व सरकारले संबिधान बिपरित काम गरेको बताउँदै प्रधानमन्त्री ओली नेतृत्वकै सरकारमा देशमा भ्रष्टाचार बढेको बक्ताहरुले दाबी गरे । प्रधानमन्त्री र राष्ट्रपतिले संबिधानको मर्म र भावना विपरित कार्य गरेको बताउदै नेपाली काग्रेंसको नेता तथा तत्कालिन दोधारा गाबिस अध्यक्ष बेल बहादुर रानाले ओली सरकारले मुलुक र नेपाली जनतालाई समृद्धि दिन नसकेको, नेपाली कांग्रेसले लोकतन्त्रलाई बचाउने काम गरेको बताए । नेकपा भित्रै विभाजन भएको कुनै पनि पक्षबाट देशको प्रगति नहुने, अबको निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याएर सरकार चलाउने नेता रानाले बताएका छन् । नेकपा नेतृत्वको सरकारले पार्टी भित्रको आन्तरिक कलहले गर्दा देशलाई अन्यौलताको बन्धीमा पारेको नेपाली काग्रेंसको नेता तथा तत्कालिन दोधारा गाबिसका अध्यक्ष बेल बहादुर रानाको भनाई रहेको छ् ।

नेकपाले आफ्नै पार्टी भित्र समन्वय गर्न नसक्दा पार्टी भित्रै विभिन्न पक्ष विभाजन भएको अर्का नेता तथा नेपाली काग्रेंस दोधारा चाँदनी नगर कार्य समितिका सभापती डम्मर चन्दले बताएका छन् । बहुमत सहितको नेकपा नेतृत्वको सरकार स्थायीत्व हुन्छ भन्ने नेपाली जनताले गरेको अपेक्षा विपरितको कार्य देशमा भएको उनले बताए । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ को हेल्थपोष्ट बजार क्षेत्रमा संचालन भएको बिरोध कार्यक्रममा दोधारा चाँदनीका वडा तथा टोलका नेपाली काग्रेंसका नेता, कार्यकर्ता तथा नेपाली काग्रेंसमा आस्था राख्ने स्थानियहरुको बाक्लो उपस्थित रहेको थियो । बहुमत प्राप्त केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र र संविधान माथि कुठराधात गरेको नेपाली काग्रेंसको क्षेत्रिय सभापती गोपाल भट्टले कार्यक्रममा बताएका छन् ।

उनले संविधान र लोकतन्त्रको सरंक्षणका लागि कांग्रेस सडकमा आएको भन्दै अब सबै नेता कार्यकर्ता सजग हुनुपर्नेमा जोड दिए । बहुमत प्राप्त सरकार प्रतिगामी बनेको र जनतालाई धोका दिएको नेपाली काग्रेंस क्षेत्रिय सभापती गोपाल भट्टले आरोप लगाएका थिए । केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघटनको बिरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस माहाकालीले बिरोध सभा गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपती बिद्या देबी भण्डारीले प्रतिनिधी सभा विघटन गरेको बिरोधमा कांग्रेसले कञ्चनपुर सहित देशभरीका सबै निर्वाचन क्षेत्रमा बिरोध कार्यक्रम तय गरेको हो । कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा कांग्रेसले बिरोध सभा सम्पन्न गरेको नेपाली काग्रेंसले जनाएको छ् । कम्यूनिष्ट नेता ओलीले जनमतको नांगो उलंघन मात्र नभई लोकतन्त्रनै समाप्त पार्ने गरि पद जोगाउनका लागी देशलाई धराप र बन्धकीमा राखेको नेपाली काग्रेंसका नेताहरुको भनाई रहेको छ् । जनताको अभिमत लत्याउने ओलीको असम्वैधानिक कदम बिरुद्ध जनताले सडकका आउनुको विकल्प नभएको भन्दै आन्दोलनमा सरिक हुन कार्यक्रममा सबैलाई आव्हान गरिएको छ् ।

विरोध प्रदर्शनमा सक्रिय सहभागिता साथ प्रभावकारी रुपले सफल बनाउन नेपाली कांग्रेस दोधारा चाँदनीले अपिल गरेका हो । पार्टीको सबै तहका नेता कार्यकर्ताहरु संगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गरिएको हो । नेपाली काग्रेंस दोधारा चाँदनी नगर कार्य समितिका सभापती डम्मर चन्दको सभापतित्वमा संचालन भएको कार्यक्रममा माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, तत्तकालिन दोधारा गाबिसका अध्यक्ष तथा नेपाली काग्रेंस महाधिबेस प्रतिसनधी बेल बहादुर राना, नेपाली काग्रेंस क्षेत्र नं. ३ का क्षेत्रिय सभापती गोपाल भट्ट, नेपाली काग्रेंस क्षेत्र नं. ३ का पुर्व क्षेत्रिय सभापती लोक बहादुर चन्द, नेपाली काग्रेंस दोधारा सभापती डम्मर चन्द, उप सभापती चन्द्र सिंह बिष्ट, नेपाल प्रजातान्त्रीक महासंघ प्रदेश महासचिव नाफु सिंह साँउद, नेपाल बिद्यार्थी संघका पुर्व सदस्य बिष्णु जोशी लगाएत नेता तथा कार्यकर्ताको बँक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा नेकपा परित्याग गरि केही स्थानियहरु नेपाली काग्रेंसमा प्रबेश गरेका थिए । नव प्रबेशिका कार्यकर्तालाई नेताहरुले सम्मान सहित सदस्यता प्रदान गरिएको नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सभापती राजेन्द्र मल्लले जनाएका छन् ।


ताजा समाचार

spot_img