ओलीको नक्कली राष्ट्रवाद उदाङगियो ः आहुती


कञ्चनपुर,

वैज्ञानिक समाजवादी कम्यूनिष्ट पार्टीका केन्द्रीय अध्यक्ष विश्वभक्त दुलाल(आहुती)ले संसद विघटनको प्रसङगमा प्रधानमन्त्री केपी शर्मा ओलीको नक्कली राष्ट्रवाद उदाङिगएको टिप्पणी गरेका छन ।

बिहीबार कञ्चनपुरका विभिन्न राजनीतिक दल, प्राध्यापक, शिक्षक एव बुद्धिजिवीसंगको छलफलमा अध्यक्ष आहुतीले नेकपा भित्रको गुटलाई विदेशीले चलाएको ठोकुवा गर्दै र प्रमुखलाई सिधै बालुवाटार छिराउनेदेखिका सबै कार्यबाट प्रधानमन्त्री ओलीको नक्कली राष्ट्रवाद उदाङगिएको बताए । ओलीको कदमले प्रतिगमन निम्तिएको बताउदै उनले प्रतिगमन रोक्न प्रतिशोध गर्नुपर्नेमा जोडदिए ।

संसदीय व्यवस्थाले फेरीपनि नेपालमा समस्या निम्तिने भएकाले त्यसको निदानका लागि वेज्ञानिक समाजवादकै बाटो अबलम्बन गर्नुपर्ने सुझाव दिए । ‘भारतभर विवादमा रहेको जी ज्यूज कति स्वतन्त्र र तथस्ट छ, त्यो देखियो, ‘उनले भने, ‘ओलीले यस्तै विवादित मिडियालाई भित्र्राएर सगरमाथामा पुगेर बोलेको सबैले देखिसक्नुभयो ।’ नेपालमा ससदीय व्यवस्था असफल भएकाले व्यवस्थाले निम्त्याएका समस्याले पूर्नस्थापना र चुनाव गरे अझै पुरानै अवस्था आउने भएकाले संसदीय व्यवस्थाले विस्थापन गर्दै वैज्ञानिक समाजवाद निर्माणमा जोडदिए । अध्यक्ष आहुतिले विदेशीको योजनाका नेकपा विप्लवका शिर्षनेतादेखि नेता कार्यकर्ताको गिरफ्तारी भईरहेको ठोकुवा गर्दै बुधबार पक्राउ परेका नेकपा नेता कञ्चनको रिहाईको माग अघि सार्दै हुदै नभएको व्यवस्था लगाएर कम्यूनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाएर गलत गरेको टिप्पणी गरे ।

नेपालमाथि विदेश चलखेल बढेकाले त्यसलाई रोक्नुपर्ने कम्यूनिष्ट पार्टीकै जिम्मेबारी भएको बताए । अखिल क्रान्तिकारी सेती महाकाली ब्यूरो संयोजक बिरेन्द्र शाहले सहजिकरण गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।


ताजा समाचार

spot_img