क्ञ्चनपुर रग्वी संघको अध्यक्षमा भट्ट


कञ्चनपुर
नेपाल रग्वी संघ कञ्चनपुरको अध्यक्षमा दिपक भट्ट चयन भएका छन । मंगलवार रग्वी संघ कञ्चनपुरको भेलाले अध्यक्षमा भट्टलाई चयन गरेको हो । उपाध्यक्ष डम्बर बहादुर कुँवर, ज्ञान विष्ट, सचिव किशोर भट्ट, कोषाध्यक्ष भानु चौधरी चयन भएका छन । भने सदस्य तर्फ दिनेश भण्डारी, दल ब. धामी, मनिषा रावल, हेमन्त अवस्थी, दान सिह कुँवर रहेका छन ।

रग्वी संघका केन्द्रीय उपाध्यक्ष दिपक देवकोटा, जिल्ला खेलकुद विकास समितिका पदाधिकारी, कर्मचारी लगायतको उपस्थितिमा चयन भएको हो । रग्वी संघ कञ्चनपुरका नवचयन भएका अध्यक्ष दिपक भट्टले रग्वी खेलको विकासका लागि कार्यक्रम अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन ।


ताजा समाचार

spot_img