दोधारा चाँदनीमा नगर स्तरिय फुटवल प्रतियोगिताको शुभारम्भ


दोधारा

माहाकालीमा आइतबार देखि नगर स्तरिय फुटबल प्रतियोगिता शुभारम्भ गरिएको छ् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) युवक संगठनद्धारा नगर स्तरिय फुटवल प्रतियोगित संचालन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नगर सचिव रबि गिरीले जानकारी दिएका छन् । आइतबार माहाकाली नगरपालिकाको साबिको चाँदनी गाबिस कार्यालयको खुला मैदानमा बिधिवतरुपमा प्रतियोगिताको उद्धघाटन गरिएको छ् । आजको पहिलो खेल केजीएफ र नवदुर्गा स्पोर्टस क्लब बिच भएको थियो । रोमाञ्चकारी उद्धघाटन सत्रको खेलमा ६–० ले केजीएफ बिजय भएको थियो । माहाकाली नगरपालिकाका १२ वटा स्पोर्टस क्लब सहभागीता रहेको स्वतन्त्र देश भक्त समाज दोधारा चाँदनीका संयोजक रमेश चन्दले जानकारी दिएका छन् । उद्धघाटन कार्यक्रमका सभापती स्वतन्त्र देश भक्त समाज दोधारा चाँदनीका संयोजक रमेश चन्द रहेका थिए भने प्रमुख अतिथीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय सम्पादन समितिका सदस्य धर्मराज जोशी रहेका थिए । यस्तै कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कञ्चनपुरका जिल्ला अध्यक्ष पुर्ण बहादुर चन्द, माहाकाली नगरपालिका नगर उपप्रमुख चिनी ओझा गिरी, नगर खेलकुद बिकास समिति अध्यक्ष लोक बहादुर चन्द, नेकपा माहाकालीका नगर सचिव भिम कुमाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) माहाकालीका नगर अध्यक्ष बिर बहादुर शाह लगाएत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा कार्यकर्ता, खेलाडी र स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो । माहाकाली नगरपालिकाका नगर उप्रमुख चिनी गिरीले प्रतियोगिताको सफलताको कामना गरेका छन् ।

माहाकाली नगर क्षेत्रका युवा तथा स्पोर्टस क्लबलाई समेटेर संचालन गरिएको नगर स्तरिय फुटवल प्रतियोगिता उत्साहजनक रहेको बताएका छन् । माहाकाली नगरपालिकाका नगर उउप्रमुख चिनी गिरीले खेल मानव जिवनमा स्वास्थ्यको लागी अहम भुमिका खेल्दै आएको र नगर भित्र खेलाइने कुनै पनि खेलमा नगरपालिकाबाट सहयोग गर्दै आएको र अगामी दिनमा पनि साथ सहयोग रहने बताएका छन् । यस्तै कार्यक्रममा प्रजातन्त्र पार्टी (राप्रपा) कञ्चनपुरका जिल्ला अध्यक्ष पुर्ण बहादुर चन्दले खेलाडीको प्रत्येक ‘किक’ कोरोना र भ्रष्टाचारको बिरुद्ध ‘किक’ हुने बताएका छन् । देशमा मौलाउदै गरेको भ्रष्टाचारलाई रोक्न माहाकाली नगरपालिकामा संचालन भएको नगर स्तरिय फुटवल प्रतियोगिताले संदेश दिने कञ्चनपुरका जिल्ला अध्यक्ष पुर्ण बहादुर चन्दले बताएका छन् ।

उद्धघाटन सत्रको प्रमुख अतिथीको आसनमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय सम्पादन समितिका सदस्य धर्मराज जोशीले माहाकाली नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) युवक संगठनले संचालन गरेको नगर स्तरिय फुटवल प्रतियोगिता ऐतिहासिक रहेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) युवक संगठनले आफै रकमको जोहो गरि संचालन गरेको फुटवल प्रतियोगिताले राप्रपाका युवा टिमलाई बधाई समेत दिएका छन् । प्रतियोगिता एक साता सम्म चल्ने आयोजक संस्था राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) युवक संगठनका रमेश चन्दले जानकारी दिएका छन् । प्रतियोगितामा प्रथम हुने टिमलाई रु. ३५ हजार १ सय र द्धितिय हुने टिमलाई रु. २१ हजार नगद धनरासी तथा शिल्डको ब्यवस्था गरिएको चन्दले बताएका छन् । युवाहरुलाई कुलतबाट जोगाउन र युवाहरुलाई स्वास्थ्य रहन सिकाउने उद्धेश्यले प्रतियोगिता संचालन गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) माहाकालीका नगर सचिव रबि गिरीले बताएका छन् ।


ताजा समाचार

spot_img