ससद विघटन असम्वैधानिक कदम हो ः नयाँ पार्टी नेपाल

प्रतिनिधी सभा विघटन असम्वैधानिक कदा भएको नयाँ पार्टी नेपालले जनाएकोछ । नयाँ नेपाल पार्टीले आइतबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नयाँ पार्टी नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष एव प्रवक्ता युवराज सफलले संसद विघटन असम्वैधानिक भएको बताए । ‘हाम्रो पार्टीले संसद रहेपनि नरहनेपनि भएपनि नभएपनि केही मतलब छैन, ‘उनले भने, ‘तर यो प्रधानमन्त्रीको कार्य गैर सम्वैधानिक हो ।’

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख सहित सघीयता खारेजी गर्नुपर्ने पार्टीको बटम लाईन भएको बताउदै प्रवक्ता सफलले राष्ट्रियता कमजोर भईरहेको दुखेसो पोखे । सीमा सुुरक्षाका लागि गोबिन्द गौमत जस्ता महानशहिदले ज्यान आहुँती गरेको भूमिमा आउन पाएकोमा खुसी व्यक्त गर्दै उनले सीमा रक्षाका लागि टिस्टा काँगडासम्मको अभियान थालिने  बताए ।

प्रवक्ता सफलले नेपालको एकिकरण गर्ने पृथ्वीनायारण शाहको २९९ जन्मोउत्सव एव राष्ट्रिय एकिकरण गड्डाचौकीमा मनाईने बताए । आफ्नै मौलिक धरातल नेपालको भूगोल, धर्म परिवेसमा निर्माण भएको पार्टीका पदाधिकारी सरकार नजाने उनले बताए । नेपालको राष्ट्रियताका लागि लड्ने जंग बहादुर र हालका कम्यूनिष्ट पार्टीका नेता एव प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकैमा दाँज्न नमिल्ने बताए । ‘अब मान्छे मारेर क्रान्ति र आर्थिक सम्बृद्धि हुँदैन, ‘उनले भने, क्रान्ति र सम्बृद्धिका लागि उत्पादनमा जोडदिनुपर्छ ।’

नयाँ नेपाल पार्टीका महासचिव एव सुप प्रदेश इन्चार्ज लक्ष्मीदत्त भट्टले विशाल नेपालको परिकल्पनाकार पृथ्वीजयन्तीको अवसरमा पार्टीले पश्चिमबाट अभियान शुरुवात गरिरहेको बताए । ‘ग्रेटर नेपालको मुद्दा राष्ट्रिय अन्र्तराष्ट्रियकरण गर्ने पृथ्वी नारायण शाहको एकिकरण बारे सबै नेपालीले बुझ्नुपर्छ, ‘उनले भने, ‘हाम्रो अभियान सबैको अभियान हो ।’ महिला अगुवा हरिना ओडले अभियानले सबै गरिब दलित, एव मुक्त हलिया, कमैयाको पक्षमा आवाज उठाउनुपर्नेमा जोडदिनुभयो । ग्रेटर नेपालका सुदुरपश्चिमका संयोजक गजेन्द्र पाण्डेयले ग्रेटर नेपाल फर्काउनुको विकल्प नभएको बताउँदै नेपालको राष्ट्रियतामाथि जहिले पनि धावा बोल्ने काम बन्द गर्नुपर्नेमा जोडदिए । ‘अब सत्ता र शक्तिका लागि नभई नेपालको गुमेको भूमि फिर्ताका लागि सम्पूर्ण नेपालीले उठ्नुपर्छ, ‘उनले भने, ‘यहाँ लडाई शक्तिका लागि मात्रै भईरहेको उत्ता नेपाली सीमा मिचिदा सकैलाइृ मतलब छैन ।’

ताजा समाचार