दोधारा

माहाकाली नगरपालिका कार्यालयमै कोरोना संक्रमण देखिन थालेको छ् । माहाकाली नगरपालिका कार्यालयका ५ जना कर्मचारीमा कोरोना संक्रमण फेला परेपछि स्थानिय सर्वसाधारणमा थप त्रासको बाताबरण श्रंजना भएको छ् । उनिहरु पाँचै जना आईसोलेसन तथा उपचारकै क्रममा रहेका बताईएको छ् । माहाकाली नगरपालिका कार्यालयको अति भिडभाड हुने जिन्सी फाँट, प्राबिधिक फाँट र कार्यालय सहयोगीमा समेत कोरोना संक्रमण फेला परेको माहाकाली नगरपालिका कार्यालय स्वास्थ्य शाखाले जनाएको छ् ।

माहाकाली नगरपालिका कार्यालयका केही कर्मचारीमा समेत कोरोना संक्रमणको लक्षण देखा परेको बताईएको छ् । कार्यालयको केही कर्मचारीमा कारोना संक्रमणको लक्षण देखा परेपछि उनिहरुको पिसिआर जाँच गरिएको माहाकाली नगरपालिका स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले जानकारी दिएका छन् । माहाकाली नगर क्षेत्रमा लक्षण सहित र अर्को बिना लक्षणको गरि २ प्रकारका कोरोना भाइरस फेला परेको स्वास्थ्यकर्मीले बताएका छन् । अहिले माहाकाली नगरपालिका कार्यालयमा उच्च सतर्कता अपनाएका छन् । माहाकाली नगरपालिकाको समुदाय स्तरमा युद्ध स्तरमा कोरोना संक्रमण देखा परेपछि स्थानिबासीमा त्रास फैलिएको छ् । माहाकाली नगर क्षेत्रमा भिडभाड संगै माहाकाली नगरपालिका संग जोडिएको सिमावर्ती भारतिय बजारबाट आवात जावत तथा अबैध कारोवारको कारण समेत कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको स्थानियहरुको भनाई रहेको छ् ।

अहिले माहाकाली नगरपालिकामा रहेका संस्थागत बिद्यालय र सामुदायिक बिद्यालय बन्द गर्न माहाकाली नगरपालिका कार्यालयले भनेको भएपनि केही संस्थागत बिद्यालयहरुले भने पठन पाठन सुरु गर्दै आएका छन् । माहाकाली नगर क्षेत्रमा भीडभाड हुने सरकारी कार्यालयमै बेवास्ता देखिएको छ् । माहाकाली नगरपालिका कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि स्थानियहरुमा थप त्रासको बाताबतरण बनेको छ् । नगरपालिका कार्यालयमा अनावश्यक भिडभाड रोक्न गेटमा डोरी बाँधिएको छ् । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागी मास्कको प्रयोग, स्यानिटाईजर, हात धुने व्यवस्था लगाएत गर्न प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले आग्रह गर्दै आएका छन् । मानिसको बढी भीडभाड हुने क्षेत्रमा नजान र जानै परे सावधानी अपनाउन प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले पनि आग्रह गर्दै आएपनि दोधारा चाँदनीको सरकारी, गैरसरकारी संस्था तथा बजार क्षेत्रमा त्यस्तो सावधानी अपनाईएको पाईदैन् ।
सरकारी कार्यालयमा प्रवेश गर्दा कस्ता स्वास्थ्य सुरक्षा अपनाउनु पर्ने हो भन्ने बिषयमा कार्यालय सजग छैन् । यस बारे केही सरकारी कार्यालयहरुमा पुग्दा कतै राम्रो तयारी देखियो भने कतै शून्य । सेवाग्राहीको भीड हुने स्थान एकान्तकुनामा कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि केही उपाय अपनाइएको पाईएन । सरकारी कार्यालय, बैक तथा बित्तिय संस्थाका कार्यालयका कोठाहरुमा सेवाग्राही र कर्मचारी बिना मास्क, भीडभाड र लाइनमा उभिएका पाईन्छन् । हरेक दिन उत्तिकै भीड हुने यस कार्यालयले स्यानिटाइजर, साबुन पानी जस्ता स्वास्थ्य सामाग्रीको उपलब्ध गराउन सकेको छैन् । कार्यालय भित्रका कर्मचारीले पनि कोरोनाको जोखिम कम गराउनका लागी कुनै पनि उपाय नअपनाएको एक कर्मचारीले जानकारी दिए । दैनिक सयौंको संख्यामा सेवाग्राही पुग्ने माहाकाली नगरपालिकाका स्थानहरुमा सम्भावित संक्रमणको जोखिमबाट बच्ने उपाय अपनाउनु पर्ने भएपनि त्यस्तो भएको पाउन सकिदैन । माहाकाली नगरपालिकाको सिमा संग जोडिएको नेपाल–भारत सिमा क्षेत्रमा आवात जावत तथा अबैध समान ओासर पसार रोकिएको छैन् । बिहान देखि मध्यरात सम्म माहाकाली नगरपालिकाको खुला सिमा क्षेत्रबाट सिमावर्ती भारतिय बजारबाट अबैध समान ल्याउन तथा लैजान नरोकिएको स्थानियहरु बताउछन् ।
माहाकाली नगरपालिकाको भारत संग जोडिएको दुई वटा ठुला प्रान्त उत्तर प्रदेश र उत्तराखण्डबाट संसार भर फैलिइरहेको कोरोना भाइरसको जोखिम कम गराउनका लागी अहिले सम्म खासै पहल गरेको पाईएको छैन् । ‘स्थानियहरुको आवतजावत सिमावर्ती भारतिय बजारबाट हुने गर्छ,’ स्थानियबासी मथुरा पन्तले भने, ‘त्यसै क्रममा समुदाय स्तरमा कोरोना संक्रमण भएको हुन सक्छ ।’ सरकारले लकडाउन हटाएपछि माहाकाली नगरपालिका क्षेत्रमा आउजाउ निकै बढेको छ् । यसले पनि संक्रमणको जोखिम थप बढाएको छ् । माहाकाली नगरपालिका क्षेत्रमा अझे सम्म झण्डै १ सय ३ जनालाई कोरोना संक्रमण देखा परिसकेको छ् । अधिकांस संक्रमण भएका ब्यक्तीहरु निको भएका छन भने सक्रिय संक्रमितहरु होम आईसोलेसन र माहाकाली नगरपालिका कार्यालयले तोकेको आइसोलेसन र अस्पतालमा रहेका छन् ।
माहाकाली नगरपालिका क्षेत्रमा बिद्यालय रहेका क्वारेन्टाईन हटाईएको छ भने, एक स्थानमा आईसोलेसन स्थापना गरिएको छ् । समुदाय स्तरमा संक्रमण शुरु भइसकेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरीले दाबी गर्दै आएका छन् । हाल छिटपुट रुपमा कोरोनाको ‘रैथाने’ केस देखिन थालेको भएपनि समुदाय स्तरमा जा“चको दायरा फराकिलो बनाए धेरै मात्रामा संक्रमण फेला पर्न सकिने प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरीको भनाई रहेको छ् । माहाकाली नगरपालिका क्षेत्रमा जनप्रतिनिधी, प्रहरी जवान, स्वास्थ्यकर्मी, माहाकाली नगरपालिका कार्यालयका कर्मचारी तथा स्थानियहरु देखा परिसकेको छ् ।
