कञ्चनपुर,
कञ्चनपुरको महेन्द्रनगर स्थित रहेको कान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एक कार्यक्रमका साथ साधारण सभा सम्पन्न भएको छ । संस्थाको ८ औं वार्षिक साधारण सभा महेन्द्रनगरमा सम्पन्न भएको हो ।

सहकारीका संस्थाका अध्यक्ष कविराज अवस्थीको अध्यक्षतामा आयोजना गरिएको सभामा प्रमुख अतिथि सुदूर पश्चिम प्रदेश सहकारी संघका अध्यक्ष माधव प्रसाद जोशी रहनुभएको थियो । साधारण सभाको पानसमा दिप बालेर प्रमुख अतिथि जोशिले उद्धघाट्न गर्नु भएको थियो।

निरन्तर रुपमा कान्तिपुर सहकारी संस्थाले विगत देखि नै सेयर सदस्यहरुको मन जित्दै आएको र भविष्यमा पनि उपयुक्त सहकारी निति नियमको पालन गर्दै संस्थाको सेवा विस्तार गर्ने विश्वास प्रदेश सहकारी संघका अध्यक्ष जोशीले बताएका छन् ।उनले भने अवको यूग प्रविधिको युग भएको र सहकारीका गतिविधि पनि प्रविधिमैत्री गर्दै लैजानुपर्नेमा जोड दिए ।
आफूले संस्थालाई स्थापनाकाल देखि नै नजिकबाट हेरि रहेको उल्लेख गर्दै ऋण लगानी उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नु भो। उक्त कार्यक्रममा पूर्व कार्यसमिति अध्यक्ष मिलाप थापा, भुवन राज भट्ट लगायत कार्यसमितिका पदाधिकारी, सेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

साधारण सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन र आर्थिक लेखा प्रतिवेदन संस्थाका अध्यक्ष कविराज अवस्थीले प्रस्तुत गर्नु भएको थियो भने संस्थाले पछिल्लो समय सेवा विस्तार गर्ने रणनीति लिएपनि कोरानाका कारण योजना कार्यान्वयनमा ढीलाई भएको अध्यक्ष अवस्थीले वताए । उनले भने ‘निकट भविष्यमै सहकारीले सेवा विस्तार गर्ने बताउदै सबैलाई सेयर सदस्यहरु लाई अझै एकजुट भएर साथ सहयोग र समर्थन गर्न आग्रह समेत गर्नु भो।
कार्यक्रम सञ्चालन संस्थाका व्यवस्थापक बसन्त भट्टले गर्नु भएको थियो भने प्रमुख अतिथी जोशि लाई संस्थातर्फबाट अध्यक्ष अवस्थीले दोसाल्ला ओडाएर सम्मान गर्नु भएको थियो। 
कार्यक्रम सञ्चालन संस्थाका व्यवस्थापक बसन्त भट्टले गर्नु भएको थियो भने प्रमुख अतिथी जोशि लाई संस्थातर्फबाट अध्यक्ष अवस्थीले दोसाल्ला ओडाएर सम्मान गर्नु भएको थियो। 