ओली केन्द्रीय सदस्य थप्ने, ओली समुहमा केन्द्रीय सदस्य भएका प्रचण्ड नेपाल समुहका जाँदै

कञ्चनपुर
केही दिन अघि प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली समुहले केन्द्रीय सदस्य बनाईएका कृष्णपुरका एक जना जनयुद्धकालिन नेताले ओली समुहको केन्द्रीय सदस्य त्याग गरेका छन । कृष्णपुर नगरबाट ओली समुहको केन्द्रीय सदस्य बनेका अमिन दहितले सो केन्द्रीय सदस्य एव ओली गुट त्याग गरेको घोषणा गरेका हुन ।

दहितले एक प्रेस विज्ञप्ती निकाल्दै असम्वैधानिक कदम र म्यादी सरकारको झुटो आवश्वासन भएको भन्दै आफु सो समुहको केन्द्रीय सदस्यमा नरहेने जनाएका छन । कम्यूनिष्ट आन्दोलन एव असम्वैधानिक कु बिरुद्ध लड्नुको विकल्प नभएको समेत दहितको तर्क छ । प्रधानमन्त्री सुप प्रदेश आउन लागेका दिन दलिहतले ओली समुह त्याग गरेर नेपाल प्रचण्ड समुहकै एजेण्डामा सहभागि हुने जनाएका छन ।

ताजा समाचार

spot_img