लालझाँडी गाउपालिकाको आधारभुत तथा माध्यमिक विद्यालयका खेल शिक्षकहरुका लागि पाँच दिने क्षमताअभिबृद्धी तालिम कार्यक्रम सम्पन्न

भोज राज भट्ट/लालझाँडी 

लालझाँडी गाउपालिका भित्रका आधारभुत तथा माध्यमिक बिध्यालयका खेल शिक्षकहरुका लागि पाँच दिवसिय तालिम कार्यक्रम सम्पन्न गरिएको छ । पौष २० गतेदेखी २४ गतेसम्म चलेको क्षमता अभिबृदी तालिममा गाउपालिकाका खेल प्रशिक्षक एवम गाउपालिका भित्रका आधारभुत र माध्यमिक बिद्यालयका खेल शिक्षकहरुको सहभागिता रहेको थियो भने उक्त कार्यक्रमका सहभागिहरुलाइ खेल प्रशिक्षक बिमल खडायत, तर्कराज भट्ट, लाल सिह बटाला र छबिलाल थापा ले प्रशिक्षण दिनुभएको थियो। विद्यालय समुह निर्माण गरेर एक महिनाको कार्ययोजना समेत बनाइ विद्यालय समूह एवम गाउपालिकाका खेल प्रशिक्षकहरुलाइ खेल सामग्री समेत प्रदान गरिएको थियो ।

कार्यक्रमका सहभागी सरस्वाती माबी छोटी पर्सियाका शिक्षक तारामणी न्यौपानेले उत्कृस्ट प्रशिक्षकद्वारा गरिएको प्रशिक्षण उपलब्धिमुलक हुने कुरा मा जोड दिनुभयो । सोही विद्यालय खेल शिक्षक कृष्ण प्रसाद गौतमले क्षमता बिकासमा थप टेवा पुगेको एवम हौसला बढाएको प्रतिकृया दिनुभयो । गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र सिह रावलले परिणाममा आधारित कामले मात्र उपलब्धिमुलक नतिजा आउन सक्ने बताउनुभयो भने कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष मदन सेन बडायकले खेल क्षेत्रको बिकासका लागि सबै सरोकारवाला एकजुट हुनु पर्ने मा जोड दिनुका साथै श्रोतको कमि हुन नदिने प्रतिबद्धता ब्यक्त गर्नुभयो। पाँच दिनसम्म चलेको प्रशिक्षण कार्यक्रम सैद्धान्तिक र प्रयोगात्मक रुपमा सन्चालन गरिएको गाउपालिकाका शिक्षा शाखा प्रमुख सिद्धराज भट्ट ले जानकारी दिनुभयो ।

ताजा समाचार