शुक्लाफाँटा नगर कमिटी अध्यक्ष र सचिवलाई कार्वाहीका लागि सिफारिस

कञ्चनपुर 

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) शुक्लाफाँटा नगर कमिटी अध्यक्ष र सचिवलाई कार्वाही गर्न सिफारिस गरेको छ ।
बिहीबार नेकपा शुक्लाफाँटा नगर संगठन कमिटीको नगर स्तरीय विस्तारित बैठक तथा प्रशिक्षण भेलाले नगर कमिटी अध्यक्ष भत्तराज जोशी र सचिव देवदत्त भट्टलाई कार्वाहीको लागि सिफारिस गर्ने निर्णय गरेको हो । नगर सचिवालय सदस्य शिवी लुहारको अध्यक्षतामा बसेको बैठकले पार्टीको आचरण र मर्यादा विपरीत कार्य गरेकाले दुवै जना पदाधिकारीलाई कार्वाहीका लागि सिफारिस गरेको नेकपाका नेता दीपक भट्टले बताए ।

‘प्रतिगमनको पक्षमा वकालत गर्दै आएका नगर कमिटी अध्यक्ष जोशी र नगर कमिटी सचिव भट्टलाई कावार्हीका लागि सिफारिस गर्ने निर्णय गरिएको छ’ उनले भने, ‘निरन्तर रुपमा प्रतिगमनका विरुद्ध आन्दोलन जारी रहने छ ।’
कार्यक्रममा सहभागी वक्ताहरूले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक र राजनीतिक रूपमा गलत भएको भनाइ राखेका छन ।

नगर सचिवालय सदस्य शिवि लुहारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री उर्वादत्त पन्त, संविधान सभा सदस्य टेकेन्द्रप्रसाद भट्ट, नेता इश्वरिप्रसाद खरेल, सुदूरपश्चिम प्रदेश सभा सदस्य लालबहादुर खड्का,क्षेत्रिय संयोजक रण बहादुर महरा,जिल्ला सदस्य ईश्वर सुनार, अनिता नेपाली र नगर ईन्चार्ज रनसिंह सुनार लगायत पार्टीका विभिन्न जनवर्गीय संगठन मोर्चाका नेताहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार