कञ्चनपुर

प्रधानमन्त्री केपीशर्मा ओली धनगढीमा आउन लागेका छन । धनगढीको खुला मञ्चमा दिउँसो १२ बजे हुने आमसभा सम्बोधनका लागि प्रधानमन्त्री ओली धनगढी आउन लागेका हुन । प्रधानमन्त्री ओलीले नेकपा सुदूरपश्चिम आफु पक्षीय आमसभा सम्बोधनका लागि आउन लागेका हुन । भेलाको सम्पूर्ण तयारी भईसकेको नेकपा सुप प्रदेशका नेताहरुले बताएका छन ।

नेकपा ओली पक्षीय केन्द्रीय सदस्य नन्दलाल चटौतले बृहद आमसभाको तयारी पुरा भएको बताए । केन्द्रीय सदस्य चटौतका अनुसार प्रधानमन्त्री ओलीले सम्बोधन गने आम भेला ऐतिहासिक छ । ‘आम सभा बृहद हुन्छ, ‘उनले भने, ‘यो ऐतिहासिक नै हो ।’ नेकपा विभाजनपछि प्रधानमन्त्री ओलीले उपत्यका बाहिर पहिलो पटक सुदूरपश्चिम रोजेका छन । प्रधानमन्त्रीले सुप प्रदेशलाई विशेष रुपमा हेरेको राजनीतिक बृतमा हेरिएको छ ।

प्रधानमन्त्री सुप प्रदेश आउन लागेपछि सुरक्षा प्रबन्ध बलियो बनाईएको छ । कैलाली, कञ्चनपुर सहितका जिल्लाबाट आमसभामा सहभागि हुने भएका छन ।
