कञ्चनपुर
कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा नेकपा अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल९प्रचण्ड०, बरिष्ठ नेता माधव कुमार नेपाल समहुको भेला सम्पन्न भएकोछ । बुधबार बेलडाँडी गाँउपालिका ३ खैरिघाट क्षेत्रमा नेकपा बेलडाँडीको आयोजनामा प्रचण्ड नेपाल समुहको भेला सम्पन्न भएको हो ।

भेलामा प्रचण्ड नेपाल समुहका स्थानीय, जिल्ला, प्रदेश एव केन्द्रीय नेता कार्यकर्ताहरुले प्रधामन्त्री केपी शर्मा ओलीको कदम असम्वैधानिक गैर लोकतान्त्रिक भएकाले जनताको अपमान भएको बताएका थिए । नेताहरुले जनताले नेकपालाई दिएको जनमतको कदर नभएको भन्दै प्रधानमन्त्रीले संविधानमा नभएको अधिकार दुरुपयोग गरेर देशलाई संकटमा पारेको दावि गरेका छन । प्रचण्ड नेपाल पक्षीय नेताहरुले आफ्नो तर्फ बहुमती नेकपाका नेता कार्यकर्ता रहेको समेत दावि गरेका छन । संसद पुर्नस्थापनाका लागि असम्वैधानिक कदम बिरुद्ध आन्दोलनको विकल्प नभएको भन्दै नेताहरुले आन्दोलनमा होमिन आब्हान गरेका छन ।

नेकपा बेलडाँडी गाँउपालिका अध्यक्ष लक्ष्मण भाटको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य बिना मगर, नेकपा नेता उर्वादत्त पन्त, प्रदेश सभा सदस्य तारालामा तामाङ्ग, कुलबिर चौधरी, नेकपा प्रदेश सदस्यद्वय अशोक कुमार चन्द, नर ब. विश्वकर्मा नेकपा बेलडाँडी इन्चार्ज अक्कल विष्ट, सह इन्चार्ज कल्पना गिरी, अनेरास्वयुका नेता कैलाश चन्द्र गिरी लगायतका नेता कार्यकर्ता सहभागि भएका थिए । प्रधानमन्त्री ओलीको कदमप्रति प्रचण्ड नेपाल पक्षले जनतामाथि घात भन्दै जनताले नेकपालाई दिएको जनमत र विश्वासप्रति घात भएको राष्ट्रघाती कदम भएको भन्दै नेताहरुले जनविश्वासका लागि संसद पुर्नस्थापनको विकल्प नभएको बताएका थिए ।







