डिसी नेटद्धारा दोधारा चाँदनीका युवालाई निशुल्क कम्प्युटर तालिम


दोधारा 

माहाकाली नगरपालिकाका युवा तथा युवतीहरुलाई निशुल्क कम्प्युटर शिक्षा तालिम संचालन गरिएको छ् । डिसी युथ नेटवर्क माहाकाली र गुरुकुल ईन्टिच्यूट अफ टेक्निकल जुकेशन प्रा.लि. को आयोजनामा माहाकाली नगरपालिकाका युवा तथा युवतीलाई ३ महिने आधारभुत कम्प्युटर शिक्षा तालिम संचालन गरिएको डिसी युथ नेटवर्क माहाकालीका सचिव बिनोद चौधरीले जानकारी दिएका छन् । गुरुकुल ईन्टिच्यूट अफ टेक्निकल जुकेशन प्रा.लि. आर्थिक सहयोगमा कम्प्युटर कक्षा सुरु गरिएको हो ।

नगरपालिकाका ४० जना युवा तथा युवतीलाई निशुल्क कम्प्युटर तालिममा सभागी गरिएको सामाजसेवी तथा डिसी युथ नेटवर्क माहाकालीका सल्लाहकार भिम कुामलले बताएका छन् । सामाजिक कार्यमा तल्लीन देखिएका डिसीको सल्लाहकार तथा सामाजसेवी भिम कुमालले बेरोजगार युवा तथा युवतीलाई रोजगारीमा उन्मुख गराउने उद्धेश्यले ३ महिने कम्प्युटर तालिमको योजना बनाए अनुरुप कार्यक्रम अघि बढाएको बताएका छन् ।

यस क्षेत्रका दलित, विपन्न, असहाय, अपाङ्गगता भएका तथा बेरोजगार युवा युवतीहरुका लागी कम्प्युटर शिक्षा प्रदान गर्ने उद्धेश्यले ३ महिने कम्प्युटर तालिम अघि बढाईएको डिसी नेट माहाकालीले जनाएको छ् । ‘दक्ष प्राविधिक जनशक्ति उत्पादन, सिपमुलक तालिम प्रदान र प्रविधिको विकासका लागि तालिम सञ्चालन गरिएको हो,’ डिसी युथ नेटवर्क माहाकालीका प्रतिनिधी लक्ष्मी चन्दले बताएका छन् ।


ताजा समाचार

spot_img