दोधारा

माहाकालीमा नगर स्तरिय फुटबल प्रतियोगिता हुने भएको छ् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) युवक संगठनद्धारा नगर स्तरिय फुटवल प्रतियोगित संचालनको तयारी भईरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) माहाकालीका नगर सचिव रबि गिरीले जनाएका छन् । माहाकाली नगरपालिकामा रहेका १२ फुटवल टिमले नाम दर्ता गराईसकेको र आउदो २५ गतेबाट नगर स्तरिय फुटवल प्रतियोगिता संचालन गर्ने अन्तिम तयारी भईरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) माहाकालीका नगर सचिव रबि गिरीले बताएका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमलाई रु. ३५ हजार १ सय र द्धितिय हुने टिमलाई रु. २१ हजार नगद धनरासी तथा शिल्डको ब्यवस्था गरिएको उनले बताएका छन् । माहाकाली नगरपालिकाको वडा नं. ४ स्थित रहेको साबिकको चाँदनी गाबिस कार्यालयको प्रांगणमा प्रतियोगिता संचालन गरिने बताईएको छ् । युवाहरुलाई कुलतबाट जोगाउन र युवाहरुलाई स्वास्थ्य रहने सिकाउने उद्धेश्यले प्रतियोगिता संचालन गर्न लागिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) माहाकालीका सचिव रबि गिरीले बताएका छन् । प्रतियोगितालाई रोमाञ्चकारी बनाउन बिभिन्न समिति गठन समेत गरिएको छ् ।

