कञ्चनपुर

भारतमा सवारी दुर्घटनामा परि कञ्चनपुरको बेलडाँडीका एक युवकको मुत्यु भएको छ । रोजगारीको सिलसिलामा बेलडाँडी गाँउपालिका ४ वैवाहका स्थानीय ३२ बर्षिया युवक बीर बहादुर डगौरा(चौधरी)को मुत्यु भएको हो । आफन्तका अनुसार दिल्लीमा एक कम्पनीमा रोजगारीमा रहेका बीर बहादुरलाई कम्पनीले देहरादुन पठाएका थिए ।

बीर बहादुरको मृत्युसंगै उनको परिवार शोकमा डुबेको छ । नेकपा बेलडाँडीका नेता समेत रहेका स्थानीय अक्कल बहादुर विष्टले मजदुरीमा रहेका नेपाली बीर बहादुर डगौराको मुल्यको कारण सत्यतथ्य छानबिन हुनुपर्ने र परिवारलाई न्यायिक क्षतिपूर्ण दिनुपर्नेमा जोडदिए । शव नेपाल ल्याउन प्रबन्ध मिलाउन समेत उनले आग्रह गरेका छन ।

