भीमदत्त नगरद्वारा दुर्घटना न्यूनिरणका लागि ट्राफिक सुरक्षा उपकरण

कञ्चनपुर

बजार र राजमार्ग क्षेत्रमा सवारी दुर्घटना न्यूनिरणका लागि भीमदत्त नगरपालिकाले ट्राफिक प्रहरीलाई सुरक्षा उपकरण सहयोग गरेको छ । नगरपालिकाले बजार क्षेत्र र राजमार्ग क्षेत्रमा हुनसक्ने सम्भावित सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सुरक्षा समाग्री सहयोग गरेको हो । महेन्द्रनगर बजारमा सवारी दुर्घटना बढ्न थालेसंगै नगरपालिकाले ट्राफिक प्रहरीलाई सुरक्षा समाग्री दिएर दृर्घटना न्यूनिरणका लागि काम अघि बढाउन आग्रह गरेको छ ।

भीमदत्त नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले तीन थान डमी, २सय थान हिलटेक र ६ हुकलक दिएको बताए । चालु आर्थिक बर्षमा नगरपालिकाले बजार क्षेत्रमा हुने ट्राफिक समस्या हल गर्नका लागि समाग्री दिएको बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिकाबाट प्राप्त ट्राफिक सुरक्षा समाग्री बजार र राजमार्ग क्षेत्रमा राखिने जनाएकोछ । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी प्रमुख केशव राज भट्टले दुर्घटना रोक्नका लागि सडकको विचमा राखिने बताउदै ट्राफिक डमीलाई समेत सडक छेउमा राखेर चालकलाई मनोविज्ञानका रुपमा ट्राफिक प्रहरी तैनाथ रहेको र यात्रुलाई सुरक्षित महसुस गराईने बताए ।

‘सडक छ, जहाँ जताबाट पनि बाटो काटेका हुन्छन, ‘उनले भने, ‘यसबाट दृर्घटना निम्तिन्छन, जहाँबाट जसले जसरी हिड्नुपर्छ, त्यही अनुकुल हामी हिलटेक राख्छौँ ।’ भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले बजार, राजमार्ग क्षेत्रका भईरहेको अव्यवस्थित ट्राफिक व्यवस्थापनका लागि नगरपालिकाले सहयोग गर्ने आगामी दिनमा समेत सहयोग गर्ने बताए । ‘जसरी भएपनि ट्राफिक दुर्घटना रोक्नका लागि काम गर्नुहोस, ‘मेयर विष्टले भने, ‘नगरपालिकाका तर्फबाट सक्दो सहयोग गछौँ ।’

ताजा समाचार