कञ्चनपुर,
विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड -१९ कोरोना भाइरसले विश्व नै त्रसित बनेको यो विषम परिस्थितिमा देशको राजनीति अस्तित्वमा नै बिग्रेको बेलामा शुक्लाफाँटा युथ नेटवर्कले मानसिक सन्तुलन गुमाएर झलारी बजारमा रहेका मानिसहरुको उद्धार गरेको छ ।
शुक्रबार शुक्लाफाँटा युथ नेटवर्कले ती मानिसहरुको उद्धार गरेर साहारा घरको जिम्मा लगाएको हो । सडकमा रहेका असाहय मानिसहरुको उद्धारका लागि नेटवर्कले लामो समय देखि पहलकदमी गर्दै आएको थियो । पत्रकार एवं शुक्लाफाँटा युथ नेटवर्कका सदस्य मुकेशप्रसाद जोशीले पटक पटक सडकमा रहेका वेवारिसे मानिसहरुको व्यवस्थापन गरिनुपर्दछ भनेर आवाज उठाउँदै आउनुभएको थियो । नेटवर्कका संयोजक हरिष धामीले असाहय मानिसहरुको व्यवस्थापन भएकोमा खुसी व्यक्त गर्नुभयो ।
साहारा घर कैलालीका अध्यक्ष बल बहादुर विष्टले मानव सेवामा लागेकोमा शुक्लाफाँटा युथ नेटवर्कलाई धन्यवाद दिनुभयो । असाहय र दीन दुःखीलाई सहयोग गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।






