महेन्द्रनगर यू- १८ फुटबल प्रतियोगिता भब्यताका साथ सम्पन्न ,च्याम्पियन साउथ पोइन्ट


कञ्चनपुर,
विश्वव्यापी रुपमा फैलिएको महामारीले थला परेका बेलामा कञ्चनपुरको महेन्द्रनगरमा जारी यू- १८ फुटबलमा साउथ पोइन्ट सिबनगर प्रतियोगिताको च्याम्पियन बनेको छ।आइतबार सम्पन्न भएको फाइनल खेल साउथ पोइन्ट सिबनगर र सयुक्त युवा क्लब बिच भएको प्रतिस्पर्धात्मक खेलमा साउथ पोइन्ट यू-१८ टिमले १-० गोलले सयुक्त युवा क्लब लाई हराउँदै उपाधी रक्षा गरेको छ। फाइनल खेलको पहिलो हाफमा सयुक्त युवा क्लबले आफ्नै पोष्टमा आत्माघाती गोल गर्दै उपाधी जित्न बाट चुकेको हो।
प्रतियोगितामा उत्कृष्ट गोलरक्षकको उपाधी सयुक्त युवा क्लबले हात पारेको छ । प्रतियोगिताको उत्कृष्ट डिफेन्स महेन्द्रनगर यू- १८ टिमका प्रदिप मडै र उत्कृष्ट खेलाडी साउथ पोइन्टका स्टाइगर कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रका जुझारु खेलाडी धिरेन्द्र शाहिले नगद ट्रफी हात पारेको छ।
प्रतियोगिता च्याम्पियन टिम साउथ पोइन्टले नगद १५ हजार ट्रफी प्रमाणपत्र ,मेडल हात पारेको छ। भने उपविजेता टिम सयुक्त युवा क्लबले नगद ६ हजार ट्रफी प्रमाणपत्र र मेडलमा चित्तबुझाएको छन् ।
महेन्द्रनगरको खुलामञ्चमा कञ्चनपुर जिल्ला फुटबल संघको प्राविधिक सहयोग र महेन्द्रनगर यू-१८ फुटबल युथ ग्रुपको आयोजनामा संचालन भएको खुल्ला फुटबल प्रतियोगिताको समापनका सभापति प्रतियोगिता संयोजक सुनिल धामी,प्रमुख अतिथी सुदूरपश्चिम फुटबल संघका अध्यक्ष दिनेश कुमार श्रेष्ठ रहनु भएको थियो ।यसरी समापन कार्यक्रमका विशिष्ट अतिथी अखिल नेपाल फुटबल संघका केन्द्रिय सहायक महासचिव भीमबहादुर थापा,कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्द्र,कञ्चनपुर जिल्ला फुटबल संघका संस्थापक अध्यक्ष एवं अखिल नेपाल फुटबल संघ (एन्फा) कञ्चनपुरका फुटबल प्रशिक्षक पुष्कर शाही , अतिथिहरु कञ्चन समाज एकेडेमीका फुटबल प्रशिक्षक एवं सुदूरपश्चिम फुटबल संघका सदस्य नितेश रावल,कञ्चनपुर जिल्ला फुटबल संघका सदस्य एवं रेफ्री संघ कञ्चनपुरका सह-संयोजक पदम चन्द ,एन्फा रेफ्री चन्द्र सिंह थलाल ,जगन्नाथ पुस्तक पसलका संचालक नवराज भट्ट र यूपिभिसी उद्योगका संचालक दिनेश सुनार लगायत खेलाडी खेलप्रेमी हरुको उपस्थिति रहेको थियो। यो संगै च्याम्पियन हुने र उपविजेता हुने टिमलाई फुटबलमा अझै थप उर्जा उत्पन्न हो र प्रशिक्षणमा गर्दा सहज होस् भन्ने उद्देश्यका साथ प्रमुख अतिथी समेत रहनु भएका सुदूरपश्चिम फुटबल संघका अध्यक्ष दिनेश कुमार श्रेष्ठले एक-एक फुटबल समेत हस्तान्तरण गर्नु भएको प्रतियोगिताका सह-संयोजक आर्यान चन्दले जानकारी दिएका छन्।
उक्त प्रतियोगितामा कञ्चनपुरका विभिन्न पालिका ८ र आयोजकको २ टिम गरि १० वटा टिमको सहभागिता जनाएको थियो। भने प्रतियोगिता पुष १५ देखि १९ गते आइतबारका दिन समापन गरिएको छ।

ताजा समाचार

spot_img