जनताले विश्वास गरेर मत दिएपनि कम्युनिष्टहरुले जनमतको दुरुपयोग ग¥यो : नेता लेखक


दोधारा

नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले संसद विघटनको घटना पछि संविधान र व्यवस्था माथीनै खतरा बढेको बताएका छन् । माहाकाली नगरपालिकामा आयोजित जनता संग अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका नेता रमेश लेखकले सभालाई सम्बोधन गर्दै संसद विघटनपछि संविधान र व्यवस्था माथी नै खतरा बढ्दै गएको बताए । ‘सांसद पद गौण हो, संबिधान र व्यवस्था महत्वपुर्ण कुरा हो, संसद विघटनबाट संविधानले देखाएको बिधी र पद्धतीलाईनै कम्युनिष्टहरुले मास्ने काम भयो, यो संविधान र व्यवस्थाका लागी घातक हो,’ नेता लेखकले भने । उनले जनताले विश्वास गरेर कम्युनिष्ट शक्तिलाई मत दिएको तर सरकारले जनमतको दुरुपयोग गर्दै अघि बढेकाले निरंकुशताबादी कदम रहेको ठहर गरेका छन् ।

प्रतिनिधी सभा पुर्नस्थापना नभए तथा आगामी वैशाखमा हुने निर्वाचन नभए कांग्रेसले आन्दोलन गर्न तयार रहेको नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले बताएका छन् । नेपाली कांग्रेसका नेता रमेश लेखकले आगामी निर्वाचनमा आफ्ना एजेण्डा बोकेर जनता संग जाने बताएका छन् । सम्बोधन क्रममा नेता लेखकले कांग्रेस निर्वाचनबाट नभाग्ने बताएका छन् । ‘सरकारले निर्वाचनको घोषणा गरेको छ् । सर्वोच्चबाट सरकारको पक्षमा फैसला भएको खण्डमा निर्वाचन तोकिएको मितिमा हुन्छ भने नेपाली कांग्रेस पछाडि हट्दैन, डराउदैन, तर्सिदैन । हामी चुनावमा जान्छौं । हामी चुनावमा जा“दा पनि हामी आफ्ना एजेन्डा नडराईकन, नतर्सिकन लिएर निर्वाचनमा जान्छौं’, उनले भने । नेता लेखकले सरकारले वैशाखमा निर्वाचन गर्न नसकेको खण्डमा वा प्रतितिनिधी सभा पुर्नस्थापना गर्न नसकेको खण्डमा कांग्रेसले सडकबाट आन्दोलन चर्काउने बताए ।

उनले आन्दोलनका माध्यमबाट संविधान र लोकतन्त्रको रक्षा गर्न आफूहरु तयारी अवस्थामा रहनु पर्ने बताएका छन् । त्यस्तै उनले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अलोकतान्त्रिक र असंवैधानिक रहेको बताएका छन् । पा“च वर्षका लागी नेपाली जनताले दिएको जनादेश, विश्वास र नेपाली जनताको भरोसालाई कुण्ठित गरेर, दुई तिहाईको संसदलाई बिघटन संगै मध्यावधीको घोषणा गरेर यो सरकार अगाडी बढ्नु दुर्भाग्यपुर्ण रहेको नेता लेखकले भनाई रहेको छ् । प्रतिनिधी सभाको बिघटन गर्ने कार्य अधिनायकवादी, सर्वसत्तावादी, निरंकुशतावादी र तानाशाहीवादी प्रवृतीको परिणाम भएको उनको दाबी छ् ।

माहाकाली नगरपालिका वडा नं. ३ देबिस्थान र वडा नं. १ महाकाली आदर्श माध्यमिक बिद्यालयमा नेपाली काग्रेंस माहाकाली नगर कार्य समितिद्धारा आयोजित जनता संग अन्तरक्रिया कार्यक्रममा नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखक, नेपाली काग्रेंस जिल्ला सभापती हरी बोहरा, क्षेत्रिय सभापती गोपाल भट्ट, माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, नेपाली काग्रेंसका नेता बेल बहादुर राना, नाफु सिंह सा“उद लगाएत नेपाली काग्रेंस माहाकाली नगर समितिका पदाधिकारी तथा स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो । हिजो माहाकाली नगरपालिका वडा नं. ९ स्थित अम्बिका माध्यमिक बिद्यालयमा, वडा नं. ७ स्थित कालिका मन्दिर कंचनभोज र वडा नं. ६ स्थित हेल्थपोष्ट बजार र आज माहाकाली नगरपालिका वडा नं. ३ देबिस्थान र वडा नं. १ महाकाली आदर्श माध्यमिक बिद्यालयमा नेपाली काग्रेंसले जनता संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगाएत अन्य पार्टी परित्याग गरि दर्जनौ कार्यकर्ता नेपाली काग्रेंसमा प्रबेश गरेको नेपाली काग्रेंस माहाकाली नगर कार्य समितिले जनाएको छ् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दुई समुह देखा परेपछि आम जनतामा देखा परेको नैरश्यताको कारण नेपाली काग्रेंसमा प्रबेश गर्नेको संख्यामा बृद्धि भएको बताईएको छ् । नव प्रबेशिकाहरुलाई कार्यक्रमका प्रमुख अतिथी तथा नेपाली काग्रेंसका नेता रमेश लेखकले अबिर माला लगाएर स्वागत गरेका थिए ।

 


ताजा समाचार

spot_img