झिलमिली सामुदायिक वनद्वारा खेलकुद समाग्री सहयोग


कञ्चनपुर
वन र वन्यजन्तु संरक्षणमा जुटेको कञ्चनपुरको झिलमिली सामुदायिक वन उपभोक्ता समुहले खेलकुद क्षेत्रको विकासका लागि समेत योगदान पु¥याईरहेको छ । झिलमिली सामुदायिक वनले कञ्चनपुरका खेलाडीलाई खेलकुद समाग्री सहयोग गरेको छ ।
आइतबार झिलमिली सामुदायिक वनका अध्यक्ष अर्जुन साउदले युवा खेलाडीलाई भलिबल, फुटबल, नेट, ब्याडमिन्ट, नेट, कर्क लगायतका खेलकुद समाग्री हस्तान्तरण गरेका हुन । नेकपा कञ्चनपुरका युवा नेता समेत रहेका झिलमिली सामुदायिक वनका अध्यक्ष साउदले ग्रामीण भेगको खेलकुद विकासका लागि सामुदायिक वनबाट खेलकुद समाग्री दिएको बताएका छन ।
खेलकुद समाग्री पाएका खेलाडीहरुले समेत फरक उदेश्य र काम बोकेर सामुदायिक वनबाट अनपेक्षित सहयोग पाएकोमा खुसी र आभार प्रकट गरेका छन ।

ताजा समाचार

spot_img