लालझाडी

सुदूरपश्चिम प्रदेश सभा सदस्य तारालामा तामाङ्गको पहलमा कञ्चनपुर लालझाडी गाँउपालिका ४ जाईशिकलपट्टीको बैजनाथ माविमा चार कोठे पक्की भवन बन्ने भएकोछ ।

आइतबार नेकपा संसदीय दल सुप प्रदेशका प्रमुख सचेतक समेत रहेका तामाङ्गले शिलान्यास गर्दै गुणस्तरिय भवन निर्माणमा जोडदिए । ३८लाख लागतमा भवन निर्माण हुनेछ । स्थानीयका अनुसार तामाङ्गले चुनावी प्रतिबद्धता अनुसार गाँउको दिगो विकास र सम्बृद्धिका लागि जुटेका छन ।

