काठ दाउराको माग गर्दै सव डिभिजन वन कार्यालयमा अनिश्चितकालीन रुपमा तालाबन्दी

कञ्चनपुर 

काठ दाउरामा लगाईएको बन्देज खुला हुनु पर्नेमा माग राख्दै सामुदायिक वनका पदाधिकारीले आइतवार शुक्लाफाँटा सव डिभिजन वन कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन । नेपाल सरकारकै प्रचलित कानुन अनुसार वन विकास, संरक्षण र सम्बद्र्धन गरी रहेको अबस्थामा जनतामा आतंक महशुस हुने गरी वन क्षेत्रमा काठ दाउरा संकलनमा लगाईएको बन्देज खुला हुनु पर्ने माग राख्दै तालाबन्दी गरिएको बैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुर सिंह महराले बताए ।

‘वन क्षेत्रमा लगाईएको बन्देज फुकुवा गर्नका लागि पटक पटकको शान्तिपूर्ण आन्दोलनलाई वेवास्ता गरेका कारण आजकै मिति देखि लागु हुने गरी तालाबन्दी गरेका छौं’ उनले भने, ‘वनमा काठ दाउरा संकलनमा लगाएको बन्देज नखोल्दा सम्म तालबन्दी जारी रहन्छ ।’ मन्त्रि परिषद्को जेठ १५ गतेको निर्णय अनुसार बैज्ञानिक वन व्यवस्थापन कार्ययोजा लागु भएका र बैज्ञानिक वन व्यवस्थापन लागु नभएका लगायत सम्पूर्ण वन क्षेत्रमा पूर्ण तरिकाले काठ दाउरा संकलन ओसार पसार र बिक्री वितरणमा पूर्ण रुपमा बन्देज लगाईएको छ ।

ताजा समाचार