महेन्द्रनगर यू- १८ फुटबल प्रतियोगिता -२०७७ साउथ पाइन्ट र सयुक्त युवा क्लब फाइनल प्रवेश


कञ्चनपुर,
जिल्लाको महेन्द्रनगर स्थित खुलामञ्चमा महेन्द्रनगर यू-१८ ग्रुपको आयोजनामा र कञ्चनपुर जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा जारी महेन्द्रनगर यू- १८ फुटबल प्रतियोगिता-२०७७ मा साउथ पोइन्ट र सयुक्त युवा क्लब फाइनल प्रवेश गरेका छन् ।
सनिवार आज भएको सेमिफाइनलको पहिलो खेल जिल्लाको दक्षिणी क्षेत्रको यू-१८ फुटबल टिम साउथ पोइन्ट सिबनगर र एसएसएस डिसि सुन्दरपुर बिच भएको खेलमा साउथ पोइन्टले ३-१ गोलले एसएसएस डिसि लाई हराउदै आफ्नो फाइनलको यात्रा तय गरेको छ। सेमिफाइनलको पहिलो खेलमा साउथ पोइन्टको तर्फबाट पहिलो हाफको २८ औं मिनेटमा बिजय जोशीले पहिले गोल गरेका थिए। दोस्रो हाफको ८ र १५ औं मिनेटमा जर्सी ७ का कञ्चनपुर जिल्ला दक्षिणी क्षेत्रका आसलाग्दा युवा खेलाडी धिरेन्द्र शाहले आफ्नो टिमका लागि थप २ गोल गरेका हुन। यसरी दोस्रो हाफको अन्तिममा एसएसएस डिसिको तर्फबाट राममिलन रानाले आफ्नो टिमको लागि सान्त्वना एक गोल फर्काएका थिए।
दोस्रो सेमिफाइनल खेल महेन्द्रनगर यू-१८ र सयुक्त युवा क्लब कृष्णपुर देखतभुली यू-१८ टिम बिच भएको खेलमा निर्धारित समयमा कसै टिमले नि गोल गर्न नसक्दा खेल बरावरी भएको थियो। भने ट्राइबेगरमा १०-९ गोलको अन्तरले सयुक्त युवा क्लबले महेन्द्रनगर यू-१८ टिमलाई हराउदै फाइनल प्रवेश गरेको छ।
प्रतियोगिताको उपाधी रक्षाका लागि साउथ पोइन्ट सिबनगर र सयुक्त युवा क्लब भोलि भिड्नेछन् । फाइनल खेल भोलि दिउँसो १ बजे महेन्द्रनगरको खुलामञ्चमा संचालन हुने आयोजकले जानकारी दिएको छन।
प्रतियोगितामा कञ्चनपुरका विभिन्न पालिका ८ र आयोजकको २ टिम गरि १० वटा टिमको सहभागिता रहेको छ। च्याम्पियन हुने टिमले नगद १५ हजार प्रमाणपत्र ,ट्रफी ,मेडल र उपविजेताले ६ हजार प्रमाणपत्र ,ट्रफी ,मेडल हात पार्ने प्रतियोगिताका संयोजक सुनिल धामिले बताएका छन।
उनका अनुसार प्रतियोगितामा उत्कृष्ट खेलाडी ,उत्कृष्ट डिफेन्स र उत्कृष्ट गोलरक्षक लाई समेत पुरस्कारको व्यवस्था रहेको छ। भने प्रतियोगिता पुष १५ गते देखि संचालन भएको थियो भने भोलि पुष १९ गते आइतबारका दिन एक कार्यक्रमका साथ भब्यताका साथ सम्पन्न हुने उनले बताए।

ताजा समाचार

spot_img