दोधारा

नेपाली कांग्रेसका नेता रमेश लेखकले कम्युनिष्टहरुले देश र जनताको विकास तर्फ भन्दा पनि संविधान भत्काउने तर्फ बढी केन्द्रित भएको बताएका छन् । नेता लेखकले संविधान सभाबाट संविधान जारी भएपछि भएको निर्वाचनमा दुई तिहाइ नजिकको मत लिएर बलियो सरकारका प्रधानमन्त्री भएका केपी शर्मा ओलीले त्यही संविधानलाई भत्काउने भन्दा अरु तिर सोच्दै नसोचेको दावी गरेका छन् । माहाकाली नगरपालिकामा आयोजित जनता संग अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका नेता रमेश लेखकले यस्तो बताएका हुन् । नेता लेखकले विभिन्न बहाना र आफ्नो निहित स्वार्थका लागि मात्रै सरकारले काम गरिरहेको भन्दै संविधान भत्काउने काम त भयोनै यसले लोकतान्त्रिक मुल्य र मान्यतालाई समाप्त गर्ने बाटोमा प्रधानमन्त्री लागेको प्रष्ट भएको दाबी गरेका छन् ।

संसदनै विघटन गरेर कम्युनिष्ट अधिनायकवाद सोचमा रहेको आरोप लगाएका छन् । जनता कोरोना संक्रमणले जुझिरहेको बेला कम्युनिष्टहरु कुर्चीको खेलमा लागेको र एक आपसमा बैमनस्या राखी जनताको मर्मको कुठाराघात गरेको नेता रमेश लेखकले कार्यक्रममा बताएका छन् । नेता लेखकले कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिष्टले जिते भने देशले हार्ने र कांग्रेसले जित्यो भने देश र जनता दुवैले जित्ने गरेको बताएका छन् । ‘देशमा कम्युनिष्टले जित्यो भने कम्युनिष्ट पार्टी मात्रै जित्छ, देशले हार्छ तर कांग्रेसले जित्यो भने देश र जनताले जित्छन ।’ उनले भने –‘त्यसैको फल ः स्वरुप दुई तिहाईको केपी ओली सरकारले प्रतिनिधी सभाको हत्या गरेको हो ।’ नेपाली काग्रेंसका नेता रमेश लेखकले सम्बोधनको क्रममा भने । पा“च वर्षका लागी नेपाली जनताले दिएको जनादेश, विश्वास र नेपाली जनताको भरोसालाई कुण्ठित गरेर, दुई तिहाईको संसदलाई बिघटन संगै मध्यावधीको घोषणा गरेर यो सरकार अगाडी बढ्नु दुर्भाग्यपुर्ण रहेको नेता लेखकले भनाई रहेको छ् । प्रतिनिधी सभाको बिघटन गर्ने कार्य अधिनायकवादी, सर्वसत्तावादी, निरंकुशतावादी र तानाशाहीवादी प्रवृतीको परिणाम भएको उनको दाबी छ् । माहाकाली नगरपालिका वडा नं. ९ स्थित अम्बिका माध्यमिक बिद्यालयमा, वडा नं. ७ स्थित कालिका मन्दिर कंचनभोज र वडा नं. ६ स्थित हेल्थपोष्ट बजारको नेपाली काग्रेंस कञ्चनपुरले आयोजना गरेको जनता संग अन्तरक्रिया कार्यक्रममा नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभाको विघटन गर्ने कार्य असंवैधानिक र अलोकतान्त्रीक रहेको नेता लेखकले निश्र्कष निकालेका छन् । ‘नेपालमा कम्युनिष्ट सरकार आयो भने हास्न पनी पाइदै, रुन पनि पाईदैन, हाम्रा सभापति देउवा ज्यूले भन्दा जनस्तरमा हासो उठेको थियो । तर जब कम्युनिष्ट सरकार नेपालमा आयो, बलात्कार पछी हत्या गरिएकी १३ वर्षीय वालिका निर्मला पन्तको न्यायका लागी रुदै सडकमा गयौं । तब सडकमा आएर रुन पाईदैन भन्दै कम्युनिष्ट सरकारले तपाई हामी माथी गोली बर्साएर एक जनाको ज्यान गयो, कयौ घाइते भए, त्यो घटना हामी सबैको मानसपटलमा अझै ताजै छ ।’ नेता लेखकले भने– ‘जनतालाई कम्युनिष्ट सरकारले रुन समेत दिएन । अधिनायकवाद भनेको यही हो । सर्वसत्तावाद भनेको यही हो ।’ चुनावको प्रचार गर्दै गर्दा कम्युनिष्टहरुले माहाकाली नगरपालिकाका युवाहरुलाई रोजगारीको व्यवस्था गर्छौ भन्नेहरुले आज सम्म कती जनालाई रोजगारी दिन सक्यो भन्ने उनले प्रश्न खडा गरेका थिए । आफु भौतीक पुर्वाधार मन्त्री भएको बेलामा चार अर्ब रुपैया बजेटबाट छुट्टाएर माहाकाली नदीमा चार लेनको पक्की पुल बनाउने काम सुरु गरेको बताउदै कम्युनिष्टहरुको सरकार भएपछि एक सिन्को पनि बिकासको काम नगरेको उनको भनाई रहेको छ् ।
महाकाली नदीको निमार्ण क्रममा रहेको चार लेनको पक्की पुल माहाकाली नगरपालिकालाई मात्रै जोड्न बनेको नभएर सुख्खा बन्दरगाह बनाउने र त्यो सुख्खा बन्दरगाहलाई भारतको राजमार्ग संग जोड्ने अनि महाकाली नदीको किनारामा ब्रह्मदेव देखि लिएर दार्चुलाको बर्डर सम्म माहाकाली करिडोर बनाउने तथा भारत र चिनलाई जोड्ने त्रिदेशिय नाका बनाउने नेपाली काग्रेंसको गुरु योजना रहेको माहाकाली नगरपालिकामा संसद बिघटन, सर्वसत्ताबाद र भ्रष्टाचार बिरुद्धमा लोकतान्त्रीक संबिद्यान रक्षाको लागी जनता संग अन्तरक्रिया नेता रमेश लेखकले बताएका छन् । कहिले कुतियाकवर, कहिले कञ्चभोज र अहिले आएर चाँदनीमा सुख्खा बन्दरगाह सार्दै जाने प्रवृतीले त्रिदेशिय नाका बन्न नसक्ने उनले बताए । संसद बिघटन, सर्वसत्ताबाद र भ्रष्टाचार बिरुद्धमा लोकतान्त्रीक संबिद्यान रक्षाको लागी जनता संग अन्तरक्रिया कार्यक्रममा नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखक, नेपाली काग्रेंस जिल्ला सभापती हरी बोहरा, नेपाली काग्रेंस केन्द्रिय आमन्त्रीत सदस्य यज्ञराज जोशी, महिला संघ केन्द्रिय सदस्य रमिता देउपा, क्षेत्रिय सभापती गोपाल भट्ट, नेपाली काग्रेंसका नेता बेल बहादुर राना, दुर्गा दत्त जोशी, प्रेम बिष्ट, नाफु सिंह सा“उद लगाएत नेपाली काग्रेंस माहाकाली नगर समितिका पदाधिकारी तथा स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो ।






