कञ्चनपुर

कञ्चनपुरका एक जनप्रतिनिधीको ज्यान लिने उदेश्यले साँघात्मिक हमला गर्ने एक गिरोहलाई सार्वजनिक गरिएको छ । भीमदत्त नगरपालिका ३का वडा सदस्य रमेश चौधरीमाथि हमला गर्ने गिरोहका आठ जनालाई सार्वजनिक गरिएको हो । शनिबार कञ्चनपुर प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो । वडा सदस्य चौधरीसंग पुर्व रिसिईबीका कारण युवकहरुले हमला गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गत शुक्रबार वडा सदस्य चौधरीलाई भीमदत्त नगरपालिका ३ आदर्शग्रिन टोलमा आक्रम्रण गरिएको थियो ।

वडा सदस्य चौधरीमाथि हमला गर्ने भीमदत्त नगरपालिका ३ कै गौरब चन्द, निरज विष्ट, कृष्णपुर नगरपालिका १ का नरेन्द्र साउद, बेदकोट नगरपालिका ८का निरज खडका, भीमदत्त नगरपालिका १८ का आभास भनिने दिनेश चन्द, भीमदत्त नगरपालिका १८ कै बल्छी भनिने मिलन चन्द, भीमदत्त नगरपालिका ११ का प्रज्वल खडका, भीमदत्त नगरपालिका ७ हल्दुखालका गौतम विष्ट रहेका छन । जसमध्ये बल्छी भनिनेर मिलन चन्द, गौतम विष्ट अन्य मुद्दामा समेत फरार रहेको थिए । उनीहरुकै समुहले भीमदत्त अटो चालक नगरालिका १५ बस्ने केशव दत्त भट्टलाई समेत कुटपिट गरेको प्रहरीले जनाएको छ ।

दुई सय रुपैया भाडामा महेन्द्रनगरबाट तिलाचौरसम्म पु¥याउने सर्तमा लग्दा एक सय रुपैया मात्रै दिएपछि विवाद भएर भट्टमाथि समेत साँघात्मिक हमला गरेका थिए । उनीहरुको सातबाट तीन मोटरसाईकल समेत बरामद गरिएको छ । सुप्रप ०२, ००३, प १८३४, सुप्रप ०२००३प १८५२ र सुप्रप ०२००३प ३८११नम्बरको मोटरसाईकल बरामद गरि उनीहरु माथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर कार्बाही अघि बढाएको छ । घाईते वडा सदस्य चौधरी काँग्रेस कार्यकर्ता समेत रहेका उनीमाथि साँघात्मिक हमला गर्नेलाई काँग्रेसका साथै जनप्रतिनिधी एव स्थानीयले कानुनी कार्बाहीको माग अघि सारेका छन ।
